Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेर मनाए समाजसेवी ठगुन्नाले जन्मदिन

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेर मनाए समाजसेवी ठगुन्नाले जन्मदिन

  • समाचार
  • आषाढ २१, २०८१ बिहिवार १२:५१ बजे
  • 3.9K
    SHARES
  • ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेर मनाए समाजसेवी ठगुन्नाले जन्मदिन

    धनराज विक (अविरल) जुलाई ३० (युरोप)

    ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीलाई आर्थिक सहयोग गरेर समाजसेवी दिपक ठगुन्नाले आफ्नो जन्मदिन मनाएका छन् । ३ महिना देखि माल्टाको माटर देइ अस्पतालमा भर्ना भएर उपचार गराई रहेका लौडारीलाई अस्पतालमै भेटि आर्थिक सहयोग गरेर ठगुन्नाले गजन्मदिन मनाएका हुन् ।Messenger_creation_ea1be4fb-649f-4248-acf3-4d8ba9f8f48b.jpeg

    रोजगारीको शिलशिलामा विगत ६ वर्षदेखि माल्टामा रहँदै आएका लौडारी अकस्मात बिरामी भएपछि स्वास्थ्य जाँचगर्दा ब्लड क्यान्सर देखिएको थियो । ब्लड क्यान्सर देखिए पछि ३ महिना देखि अस्पतालमै राखेर लौडारीको उपचार भईरहेको छ ।

    ब्यास नगरपालिका १ दमौलीका सुरज लौडारीको अस्पतालमै भर्ना गरि ब्लड क्यान्सर रोगको उपचार भईरहेको र थप उपचारको लागि युके लिनुपर्ने थाहा पाएपछि आफ्नो जन्मदिन मनाउँदा हुनेखर्च लौडारीको स्वास्थ्य उपचारका लागि सहयोग गरेको ठगुन्नाले बताए ।

    सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष समेत रहेका ठगुन्ना सामाजिक र मानवीय कार्यमा अग्रसर हुँदै आएका छन् । समाजमा समस्यामा परेमा दिन दुःखी र असहायलाई आफ्नो कमाईको केही हिस्सा सहयोग गर्दै आएका ठुगन्नाले यस पटक आफ्नो जन्मदिन ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीलाई सहयोग गरेर मनाउने सोच बनाए । बिरामीलाई अस्पतालमै भेटेर सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको ठगुन्ना बताउँछन् ।

    उनले भने,“ तीन महिना देखि अस्पतालमा भर्ना भएका लौडारीको मनोबल निकै बलियो देखें । भोली कतिबेला कसलाई जीवनमा कस्तो परिस्थिति आउँछ केही थाहा छैन् । त्यसैले एकले अर्कालाई सहयोग गरौं । तत्काल थप उपचारका लागि खर्च धेरै लाग्ने भएकोले यतिबेला लौडारीलाई पैसाको निकै जरुरत परेकोले सकेजति आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”

    ६ वर्षदेखि माल्टामा रहँदै आएका ठगुन्नाले सुदूरपश्चिम सेवा समाज माल्टाको संस्थापक अध्यक्ष भएर संस्थालाई सक्रिय रुपमा संचालन गर्दै आएका छन् । संस्थाको कुशल नेतृत्व गरेर नेपालमा दैविक प्रकोप लगात अन्य विपत्ति र समस्यामा परेकाहरुलाई संस्था मार्फत आर्थिक सहयोग गर्दै आएका छन् ।

    समाजसेवी एवम् सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले दिपक ठगुन्नाको मानवीय व्यवहारबाट आफू प्रभावित भएको बताउँछन् । समाजसेवाका काममा ठगुन्ना सर्धै अगाडी सर्ने गरेको नागरीले बताए ।

    उनले भने, “ ब्लड क्यान्सर रोगका पीडित सुरज लौडारीलाई आर्थिक सहयोग गरि दिपक सरले आफ्नो जन्मदिन मनाउनु भयो । यसबाट पुष्टि हुन्छ उहाँको समाजसेवी भावना कति रहेछ भन्ने ।” लौडारीको उपचारका लागि सहयोग गर्न उनले पनि सबैलाई अनुरोध गरेका छन् ।

    अस्पतालमै भेटेर स्वास्थ्य लाभको कामना गरि मेरो उपचारका लागि आर्थिक सहगोग गरि आफ्नो जन्मदिन मनाउनु भएकोमा ठगुन्नालाई शुभकामना र धन्यवाद दिदै आफ्नो आत्मबल बढेको लौडारीले बताए । सुरज लौडारीको उपचारको लागि + ३५६७७७३६००९ उनकै मोबाइल नम्बरमा सम्पर्क गरी सहयोग गर्न सकिने ठगुन्ना बताउँछन् ।

  • सम्बन्धित विषय:

  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images