Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्धारा पत्रकार विक युरोपमा सम्मानित

अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्धारा पत्रकार विक युरोपमा सम्मानित

  • समाचार
  • आषाढ २७, २०८१ बुधवार २२:१२ बजे
  • 2.0K
    SHARES
  • अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटीद्धारा पत्रकार विक युरोपमा सम्मानित

    जुलाई १० ( युरोप )

    पत्रकार धनराज विक (अविरल) युरोपको माल्टामा सम्मानित भएका छन् । पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा कलम चलाउँदै आएका अविरल अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले सोमबार आयोजना गरेको वनभोज कार्यक्रममा अविरल सम्मानित भएकाहुन् ।Messenger_creation_f0cf18ab-e05e-4b25-b1c2-b84d014e57cf.jpeg

    पत्रकार अविरलले माल्टामा निरन्तर समाचार लेख्दै आउनु भएको छ । अविरलकै समाचारले नेपाल चिनाउने र माल्टामा नेपाली संस्कृतीको बारेमा जानकारी समेत गर्ने काम भएकोले पत्रकारितामा गरेको योगदानको मूल्यांकन गरेर अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले सम्मानपत्र प्रदान गरी सम्मान गरेको अध्यक्ष बासुदेव भुसालले बताए ।

    अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष एवम् माल्टामा नेपालबाट श्रम गरेर आउने पहिलो नेपालीको पहिचान बनाएका बावु अर्यालले पत्रकार धनराज विक अविरलको समाचार लेखनको तारिफ गरे । माल्टामा आउने वित्तकै पत्रकारितामा सक्रिय रहेका विकले प्रवासी नेपालीका विभिन्न विषयमा समाचार लेख्दै आएको र समाचारको सकारात्मक प्रभाव परेको अर्याल बताउँछन् ।Messenger_creation_4dc27a35-16db-4479-af71-c22ede6294fd.jpeg

    कामको व्यस्तताबाट समय निकालेर प्रदेशको ठाउँमा निरन्तर पत्रकारिता गर्दै आउनु भएका अविरलको संस्थाले मूल्यांकन गरेर सम्मान गरेको उनी बताउँछन् । समाचारकै कारण माल्टामा प्रवासी नेपालीले गरेका गतिविधीको बारेमा सबैले थाहा पाउने गरेको अर्यालले बताए ।

    कार्यक्रमका सहभागीहरुले पत्रकार धनराज विक अविरलको समाचार लेखनको प्रशंसा गरेका थिए । संस्थाले राम्रो छवि भएको व्यक्तिलाई सम्मान गर्न पाउँदा निकै खुसी लागेको तुम क्षेत्रीले बताए । सम्मानित भएपछि अविरलले अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टालाई धन्यवाद् दिदै आफू निकै खुसी भएको बताएका छन् ।

    अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका सचिव सुन्दर घिमिरीले पत्रकार अविरलले लेखेको समाचारले नेपालको ब्यास नगरपालिका १ दमौली घर भएका सुरज लौडारी ब्लड क्यान्सर पीडित भई ३ महिना देखि माल्टाको माटर देइ अस्पतालमा भर्ना भएको थाहा भएको थियो । ब्लड क्यान्सर रोगको उपचार गराई रहेका सुरज लौडारीको थप उपचारको लागि युके लिनुपर्ने र उपचारमा धेरै खर्च लाग्ने समाचार बाहिर आएपछि उपचारका लागि सहयोग रकम संकलन गर्दै सोमबार वनभोज कार्यक्रम मनाएको उनले बताए ।

    अहिले सबै क्षेत्रबाट सहयोग संकलन गर्ने काम भईरहेको भन्दै पत्रकार अवरलको उच्च मूल्याकंन गरेर अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाले सम्मान गरेको हो । कैलाली पोष्ट राष्ट्रिय दैनिकका अतिथि सम्पादक, अनुमोदन राष्ट्रिय दैनिकका युरोप संवाददाता संवाददाता, लम्की खबरका अतिथि सम्पादक, वैज्ञानिक मिडियाका अतिथि सम्पादक, कर्णाली पार्टीका युरोप संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव समेत रहेका अविरल प्रवासी नेपालीका विषयमा निरन्तर कलम चलाउदै आएकाछन् ।

    सम्मानित भएका विकले २०६१ सालदेखि पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा दैनिक, टीकापुर दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत पत्रकार विकले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका विकले माल्टामा पनि पत्रकारितालाई निरन्तरता दिदै आएकाछन् ।

    खोज पत्रकार विकको समाचारले धेरैले नयाँ जीवन पाएकाछन् । सामाजिक सवालको उठान गर्दै पत्रकारिता मार्फत अधिकारको खोजी गर्न समाचारले उत्पे्ररणा दिने गरेको छ ।

    अवरिलको समाचार लेखनको प्रशंसा गर्दै गरिबीका कारण औषधी उपचारको समस्यामा रहेकाहरुले समाचारकै प्रभावका कारण उपचार गर्न पाएको सुदुरपश्चिम सेवा समाज माल्टामा कोषाध्यक्ष दिनेश नगरीले बताए ।

  • सम्बन्धित विषय:

  • # प्रवास

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images