Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको धारणा

देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको धारणा

  • समाचार
  • श्रावण १, २०८१ मंगलवार २०:४६ बजे
  • 937
    SHARES
  • देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता रहेको प्रधानमन्त्री ओलीको धारणा

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तन सामान्य घटना भएकाले देशको अवस्था परिवर्तन अहिलेको मुख्य प्राथमिकता भएको बताएका छन्।

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुपाल्चोक जिल्ला कमिटीले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार बनेसँगै नेपाली जनता उत्साहित भएका बताए। 'सरकार परिवर्तन हुनु ठूलो कुरा होइन, सरकार समय-समयमा परिवर्तन भइरहन्छ।

    अहिलेको परिवर्तनले नागरिकमा नयाँ आशा र भरोसा जगाएको छ,' उनले भने। सरकारले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण र जनतालाई राहत दिने कुरामा आफ्नो ध्यान केन्द्रित गर्ने उनको भनाइ थियो।

    उनले मुलुकको विकास, सुशासन कायम गर्दै आमजनताको हित हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। यसअघि पनि आफू प्रधानमन्त्री हुँदा इमान्दारीका साथ काम गरेको उल्लेख गदै एमाले अध्यक्ष ओलीले यसपटक पनि जनतालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।

  • सम्बन्धित विषय:

  • # केपी शर्मा ओली

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images