Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

प्रधानमन्त्री ओलीले भोलि साउन ६ गते विश्वासको मत लिने

प्रधानमन्त्री ओलीले भोलि साउन ६ गते विश्वासको मत लिने

  • समाचार
  • श्रावण ५, २०८१ शनिवार १९:२९ बजे
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री ओलीले भोलि साउन ६ गते विश्वासको मत लिने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि साउन ६ गते आइतबार विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उहाँले विश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री पदमा नियुक्त भएपछि ३० दिनभित्र संसद् बैठकबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री ओलीलाई सत्ताघटक दल नेपाली कांग्रेसको ८८, नेकपा (एमाले) को ७८, अशोक राई नेतृत्वको जसपा ७, जनमत पार्टी ६, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल ५, लोसपा ४, नागरिक उन्मुक्ति पार्टीका ४ , स्वतन्त्र २ गरी एक सय ९४ मत पक्षमा आउने देखिन्छ ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तत्काल विश्वासको मत नदिने भएको छ ।

    संसदमा अहिले कायम संसद् सङ्ख्यामध्ये विश्वासको मत प्राप्त गर्न एक सय ३८ मत आवश्यक पर्छ । नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी) र राप्रपाले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

    संसदमा प्रतिनिधित्व गर्ने साना दल नेमकिपा १, राष्ट्रिय जनमोर्चा १, प्रभु साह (स्वतन्त्र) १ ले मत कता दिने विषयमा निर्णय गर्न बाँकी छ । नेकपा (एमाले) ले आफ्नो दलका सांसदहरुलाई प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

    प्रमुख सचेतक महेशकुमार बर्तौलाले आफ्ना सांसदहरुलाई ह्विप जारी गर्नुभएको हो । असार १७ गते राति कांग्रेस र एमालेबीच सत्ता साझेदारी गर्ने ७ बुँदे सहमति भएको थियो । यद्यपि सहमतिपत्र अझैसम्म सार्वजनिक भएको छैन ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images