Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

जापानमा बस्ने नेपालीले ल्याएको रहरैमा चर्चामा

जापानमा बस्ने नेपालीले ल्याएको रहरैमा चर्चामा

  • समाचार
  • श्रावण १५, २०८१ मंगलवार १३:२६ बजे
  • 1.6K
    SHARES
  • जापानमा बस्ने नेपालीले ल्याएको रहरैमा चर्चामा
    • कर्णाली भ्यूज

    साउन १५/ काठमाडौँ 

    जापानमा बस्ने नेपालीले ल्याएको तिज गीत रहरैमा यति बेला चर्चामा रहेको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तिजलाई लक्षित गरेर जापानमा बस्ने नेपालीहरूले ल्याएको तिज गीत रहरैमा यति बेला सबैको मन मस्तिष्कमा बस्दै चर्चामा रहन सफल भएको हो  ।

      पछिल्लो समय तिजको छेको पारेर  भड्किला गीतहरू  आइरहेको समयमा तेजेन्द्र भण्डारीको प्रस्तुति रहेको तिज गीत रहरैमा भने नेपालीपन सुहाउँदो उत्कृष्ट प्रस्तुति आएको हो ।  उक्त गीतलाई रमेश निर्दोष र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन् । 

    जापानमा बस्ने नेपाली छोरी अनि जापानी बुहारी विभिन्न सामाजिक कार्यहरूमा सक्रिय कल्पना क्षेत्रीले यही गीत मार्फत मोडलिङ क्षेत्रमा प्रवेश गरेकी छन् । सामाजिक कार्यमा लागिरहेकी कल्पना तिजसँग नेपाली नारीहरूको भावना जोडिएको कारण आफू तिज गीत मार्फत नै मोडलिङमा प्रवेश गरेको बताइन ।

    कल्पनाका अलावा म्युजिक भिडियोमा राज श्रेष्ठ ,तुलसा सापकोटा ,अविरल अधिकारी ,इन्दिरा केसी र कृष्ण सापकोटाले अभिनय गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # जापान

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images