Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

यी प्रदेशहरूमा भारी वर्षा हुने संभावना

यी प्रदेशहरूमा भारी वर्षा हुने संभावना

  • समाचार
  • श्रावण १९, २०८१ शनिवार ०६:३७ बजे
  • 781
    SHARES
  • यी प्रदेशहरूमा भारी वर्षा हुने संभावना

    हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिवार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।

    कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    कोशी, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ ।

    यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन भनिएको छ ।

  • सम्बन्धित विषय:

  • # वर्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images