Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने

मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने

  • समाचार
  • श्रावण १९, २०८१ शनिवार १९:३८ बजे
  • 853
    SHARES
  • मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने

    कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते विश्वासको मत लिने भएका छन्।

    विश्वासको मत लिन मुख्यमन्त्री कँडेलले शनिवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। कँडेलले संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मत लिनेछन्।

    कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो। उनले गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए।

    तर, केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्।

    शुक्रवार कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका ४ जनाको शपथग्रहण भएको छैन। उनीहरूको शपथ आइतवार गराउने तयारी छ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images