Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

फेरि हेलिकोप्टर दुर्घटना / चिनियाँ नागरिक सवार

फेरि हेलिकोप्टर दुर्घटना / चिनियाँ नागरिक सवार

  • समाचार
  • श्रावण २३, २०८१ बुधवार १५:३३ बजे
  • 946
    SHARES
  • फेरि हेलिकोप्टर दुर्घटना / चिनियाँ नागरिक सवार

    नुवाकोटमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर शिवपुरी गाउँपालिका-७ मा रहेको एक डाँडामा ठोक्किएर दुर्घटनामा भएको बताइएको छ ।

    एयर डाइनेस्टीको हेलिकोप्टरमा चारजना चिनियाँ नागरिक रहेको कम्पनी स्रोतले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सो हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाइरहेका थिए ।

    हेलिकोप्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ बजेर ५४ मिनेटमा उडेको थियो । केन्द्रीय प्रहरी प्रवक्ता दानबहादुर कार्कीका अनुसार एकजना नेपाली पाइलटसहित चारजना चिनियाँ नागरिक रहेको हेलिकोप्टर दुर्घटनामा परेको सूचना प्राप्त गरेको बताउँदै उद्धारका लागि टोली जाँदै गरेको बताए ।

  • सम्बन्धित विषय:

  • # हेलिकोप्टर

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images