हरितालिका तिजलाई मध्यनजर गर्दै चर्चित तिज गीत मादलु रन्काइदेउ रनन गीत अडियोमा सार्वजनिक भएसँगै चर्चामा रहेको छ ।
ओम सुनार युटुब च्यानलमा उक्त अडियो गीत रहेको छ भने टिकटक , रील , स्टोरीमा मादलु रन्काई गीत सर्च गर्दा भेटिन्छ । मौलिक लोक लयमा आधारित तिज बिशेष गित " मादलु रन्काइदेउ रनन " रेकर्डिङ सम्पन्न भएसँगै गीत युटुब च्यानलमा अपलोड भइसकेको छ ।
शब्द / संगीत - सुमन शर्मा मजगइया , ओम सुनार र शारदा उपाध्यायको स्वर रहेको छ । स्टुडियो म्युजिक सिटीको हो ।
रेकर्डिङ प्रकाश श्रेष्ठ र मिक्सिङ राजिव शाहले गरेका हुन भने ब्यवस्थापक कृष्ण उपाध्यायले गरिरहेका छन् ।
पछिल्लो समयमा तिजका भाकामा विकृति बढिरहेको समयमा मौलिक भाका समेटिएको छमछमी नाच्न मिल्ने गीत मादलु रन्काइदेउ रनन हेरेर सहयोग गरिदिनुहोला ।



