प्रदेश सरकारको बाख्रा बितरण पकेट कार्यक्रम अन्तर्गत सात लाख बजेटको पन्चदेवल बिनायक नगरपालिका वडा नं ७ मा मापदण्ड पुगेका कर तिरेका ७ वटा कृषि फर्मलाइ पशुसेवा शाखाले वितरण गरिएका थिए ।
बोका वितरण कार्यक्रममा पञ्चदेवल विनायक नगरपालिकाकम उपमेयर हर्क बहादुर रावल र वड अध्यक्ष सुरत बहादुर रावलको नाम जोडेर केहि ब्यक्तिले बदनाम गर्न खोजेको बताइएको छ । नगरपालिकाको पशु शाखाले समन्वय समिति निर्माण गरि कृषि फर्म दर्ता गरि नगरपालिकामा राजस्व बुझाएका वडा नं ७ भित्रका ७ वटा फर्मलाइ १२ वटा बोका बितरण गरेको थियो । यसमा वडा अध्यक्षको कुनै जिमेवारी नहुने भएता पनि आफ्नो केहि व्यक्तिहरुले गलत प्रचार गरि बदनाम गर्ने उदेश्यले समाजिक सन्जालमा प्रचार गर्न खोजेको वडा नं ७ का वडा अध्यक्ष सुरत बहादुर रावलले जानकारी दिएका छन् ।
नगरपालिकाले पछिलो समय भष्ट्रचारमुक्त भइ काम गरिरहेकाले राम्रो काम गरेको देख्न नचाहने हरुको जमातले सिंगो नगरपालिका र जनप्रतिनिधिहरुप्रति आत्तिएर बोका बितरण कार्यक्रम लाइ गलत प्रचार गरेर अतिरन्जित गर्न खोजेको बताइएको छ ।
बोका पाउनेहरुमा सर्मिला बिक , कृष्ण खत्री , कटक बटाला , पुस्कर उपाध्याय , धिर्जा कुमारी बिष्ट , तुला साउद , बिरेन्द्र शाही , रमिला रावल , पार्वती रावल खडका , बासु रावल , प्रेम रावल र तुल्सी भण्डारी रहेका छन । १२ नम्बरको बोका कृष्ण खत्रीले पाएका हुन् ।



