Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

समाज सेवामा सक्रिय शिशिरको समाजप्रेमी भावनाको चर्चा

समाज सेवामा सक्रिय शिशिरको समाजप्रेमी भावनाको चर्चा

  • समाचार
  • भाद्र ८, २०८१ शनिवार २०:०३ बजे
  • 4.1K
    SHARES
  • समाज सेवामा सक्रिय शिशिरको समाजप्रेमी भावनाको चर्चा

    धनराज विक (अविरल) अगष्ट २४ (युरोप)

    समाज सेवामा सक्रिय रहँदै आएका शिशिर जनाल (एस.बी) को समाजप्रेमी भावानाको नेपाल हुँदै विदेशसम्म चर्चाहुने गरेको छ । वैदेशिक रोजगारीको शिलशिलामा युरोपको माल्टामा रहेका जनालले आफ्नो आम्दानीको केही हिस्सा समाज सेवामा लगाउँदै आएकोले उनको समाजसेवी भावनाको चर्चाहुने गरेको हो ।Messenger_creation_E1748876-19EC-4F78-B4BE-CECB80C9384E.jpeg

    सानै उमेरदेखि दयालु र सहयोगी भावाना भएका जनाल अरुको दुःख देख्दा आफू निकै दुखी हुने गरेको बताउँछन् । हाम्रो सानो सहयोगले कसैलाई मद्दत पुग्छ भने सहयोग गर्नुपर्छ भन्ने सोच राखेर आफूले सकेजति मानवीय सहयोग गर्दै आएको जनालाले बताए ।

    माल्टामा शिशिर सबैको लोकप्रिय छन् । सबैसंग मिजासिलो व्यवहार गर्छन् । बाटोमा आउँदा जाँदा नेपालीहरु देखेभने बोलिहाल्छन् । सन्चो बिसन्चो बारे सोध्छन् । नेपाली भन्ने बित्तिकै माया लागेर आउने गरेको अनुभव शिशिरले सुनाए । कसैलाई समस्या परेको छ भने आफूले सकेको सहयोग उनले गर्दै आएका छन् ।Messenger_creation_06B60B40-607F-410F-825E-1E242A507B69.jpeg

    मानवीय सहयोग गर्नकै लागि शिशिर पार्टटाइम काम गर्छन् । पार्टटाइम काम गरे वापत आएका पैसा समाज सेवाको काममा लगाउँछन् । उनले देश विदेशमा रहेका नेपालीहरुमा मानवीय सहयोग गदै आएकाछन् ।

    बिरामीको स्वास्थ्य उपचारको लागि उनले लाखौं रकम जुटाएर सहयोग गरेका छन् । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ९ राजघाट घर भएका जनालको बाल्यकाल निकै कष्टकर रुपमा बित्यो । उनले सानै उमेरमा आफ्नो पढाईको जोहो आफै गरेर पढ्नु परेको थियो । पढाईमा निकै तेज शिशिरले आर्थिक अभावकै कारण बाल्यकालमै धेरै समस्या झेल्नु पर्यो ।Messenger_creation_0B7A408F-06AC-408F-B65B-A0E893C2596A.jpeg

    शिशिरलाई जसरी पनि पढ्नु थियो । पढ्नेइच्छा पूरा गर्नको लागि उनी जस्तोसुकै कामपनि गर्न तयार थिए । त्यहीबेला गाउँका छिमेकी दाजु कृष्ण चुदाराले धनगढीमा पत्रिका बाँड्ने काम पाइएको छ महिनाको ८ सय तलब दिन्छन भन्ने जानकारी दिनुभयो ।

    कामको खोजीमा रहेको मैले पत्रिका वितरणको कामगर्ने सोच बनाए । गाउँबाट ५ सय ऋण निकालेर एउटा पुरानो साएकल किनेर पत्रिका बेच्ने काम गरेको उनले सम्झिए । सुरुमा पश्चिर्म एक्सप्रेस साप्ताहिकबाट काम थालेका उनले समाचारपत्र राष्ट्रिय दैनिकमा समेत काम गरे । पत्रिका बेच्ने कामबाट शिशिरले बजार व्यवस्थापक हुँदै संवाददाताको भूमिकामा समेत काम गरेको अनुभव बटुलेका छन् ।

    डडेल्धुराको आलिताल गाउँपालिका ५ सिराडीमा जन्मेका शिशिर बसाई सरेर कञ्चनपुर आएका थिए । शिशिरले माध्यामिक तहको अध्ययन श्री पन्चाधिन माध्यामिक विद्यालयमा गरे । उच्च माध्यामिक तहको पढाई ऐश्वर्य बिध्या निकेतन धनगढीबाट गरेका थिए भने बिबिएस अध्ययन डिल्लीबजारमा रहेको विजय स्मारक बहुमुखी क्याम्पस काठमाडौंमा गरे । काठमाडौंमा पढ्दै गर्दा उनले वैदेशिक रोजगारमा जाने सोच बनाए र २०७५ सालमा युरोपको माल्टामा आए । सामान्य मज्दूरीको काममा माल्टा आएका शिशिरले निकै संघर्ष गरे ।

    उनको कामको मूल्याकंन गरी कम्पनीले सुपरभाइजरको जिम्मेवारी दिएपछि विगत ४ वर्षदेखि सुपरभाइजरको जिम्मेवारी शिशिरले सम्हाल्दै आएका छन् । राम्रो पढाईसंगै उत्कृष्ट नृत्य प्रस्तुत गरेर शिशिर स्कूल र गाउँमा पनि चर्चित भएका थिए । स्कूल र गाउँमा आयोजना गरिने साँस्कृतिक कार्यक्रमको अगुगाई शिशिरले नै गर्ने गरेको पदम सुनारले बताए । उनले भने, “शिशिरले गाउँमा सित्तैमा नृत्य सिकाउने पनि काम गरेका थिए । उनले गाउँ छोडेपछि उनको कमिको महसुस भएको छ ।” विदेशमा रहेर पनि यता गाउँमा समस्या परेकाहरुलाई सहयोग गर्दै आएको देख्दा खुसी लागेको छ । गाउँमा उनको सहयोगी भावनाको चर्चा हुने गरेको उनले बताए ।

    नेपालबाट माल्टामा आएका नेपालीहरु पवित्र मनले कसैले पनि कसैलाई सहयोग गर्दैनन् । आफ्नो फाइदाको लागि मात्र काम गर्छन । तर शिशिर भने पवित्र मानवीय सेवाभावले समाज सेवाको कामगर्दै आएका बुटवलका सन्तोष पौडेले बताए । म दुबईबाट माल्टा शिशिर सरकै सहयोगले सजिलै आएको हुँ । मेरो आफ्नो चिनजान थिएन । साथीको माध्यामद्धारा मेरो चिनजान भएको थियो । दुबईबाट माल्टा आउँदा पनि नेपालीहरुले लार्खौ रुपैया बिचौलिया लाई दिएर आएकाछन् । तर उहाँको सहयोगले प्रक्रियामा लाग्ने रकममात्र खर्च गरेर आफू माल्टा आएको उनले बताए । माल्टा आउँदा केही समय उहाँकै कोठामा बसे । शिशिर सरको सफा मन, असल सोच र सहयोगी व्यवहार देखेर मलाई निकै खुसी लाग्यो । शिशिरले आफू पढेको गाउँको स्कूलको गेट निमार्णका लागि पनि विदेशबाट आर्थिक सहयोग गरेका छन् ।

    कञ्चनपुर घर भएका बिरामी राजेश महराको मुटुको अप्रेसन गर्न २४ घन्टे राजेश महरा सहयोग अभियान चलाई १ लाख सहयोग जुटाएर उपचारका लागि पठाएका थिए । त्यसैगरी दुईटै मृगौला फेल भएका रुप बिक सहयोग अभियान मार्फत २ लाख र मृतक प्रकाश तिरुवाका परिवारलाई ५५ हजार आर्थिक सहयोग संकलन गरी माल्टाबाट उनले पठाइ सकेका छन् । आफूले बेलाबेलामा सहयोग रकम दिएको पैसाको उनले कुनै हिसाव राखेका छैनन् । पवित्र मनले शिशिरले असहाय र विपन्न परिवारलाई सहयोग गर्दै आएका छन् ।

    सुदूरपश्चिम सेवा समाज माल्टाको महासचिव समेत रहेका शिशिर संस्थागत विकासमा समेत सक्रिय हुँदै आएका छन् । संस्थाको प्रतिनिधित्व गरेर माल्टामा हुने हरेक कार्यक्रममा उनी नै सहभागी हुन्छन् । उनले भने, “एकदिन मरेर जाने जिन्दगीमा घमण्ड केका लागि किन गर्नु ? सबैले सबैसंग प्रेम गर्ने हो, सकेको सहयोग गर्ने हो नसके असहयोग पनि गर्नु हुँदैन् ।” सामाजिक संजाल टिकटिक फेसबुक मार्फत पनि सन्देश मूलक सामाग्री शिशिरले पस्कदै आएका छन् ।

    मानवीय सहयोग गर्न उत्प्रेरित गर्ने विचारहरु सम्प्रेषण गर्दै आएको र सामाजिक संजाल प्रयोगकर्ताहरुले पनि उहाँलाई फलोगर्दै आएको अछामका कमल पुरकोटीले बताए । कैलालीका तपेन्द्र परियारले पनि शिशिर निकै सहयोगी व्यक्ति भएको बताए ।

    मलाई पनि नेपालबाट माल्टा आएपछि उहाँले काम खोज्नमा धेरै सहयोग गर्नु भएको थियो । विदेशमा शिशिर सर जस्तो सहयोगी मान्छे पाउनु खुसीको कुरा हो । विदेशमा बिना फाइदा कसैले पनि सहयोग गर्दैनन् । बिचौलियाको बीचमा मानवीयता देखाउने शिशिर नमुना पात्र भएको परियारले बताए ।

  • सम्बन्धित विषय:

  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images