Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

खानाको आकर्षक डिजाइन बनाएर युरोपमा चम्केका चर्चित नेपाली

खानाको आकर्षक डिजाइन बनाएर युरोपमा चम्केका चर्चित नेपाली

  • समाचार
  • भाद्र १७, २०८१ सोमवार ०५:५१ बजे
  • 4.3K
    SHARES
  • खानाको आकर्षक डिजाइन बनाएर युरोपमा चम्केका चर्चित नेपाली

    धनराज विक (अविरल) १ सेप्टेम्बर (युरोप)

    खानाको सुन्दर अनि आकर्षक डिजाइन बनाएर युरोपमा एकजना नेपाली चर्चित भएर चम्केकाछन् । सिजा गाउँपालिका ३ नराकोट जुम्ला घर भएका कृपा सार्की खानाको परिकारका आकर्षक डिजाइन बनाएर उनी युरोपको माल्टामा चर्चित भएर चम्केका हुन् ।Messenger_creation_989EBE35-5FDB-4D5C-B44E-6E817E23ACB1.jpeg

    खानाको आकर्षक सजिसजावट कलात्मक डिजाइन बनाएका कृपाले उत्कृष्ट सेफ अर्वाड समेत पाइसकेका छन् ।

    Messenger_creation_DF8B64F0-EAB7-4EF1-96FE-6BA598E38784.jpeg मिस माल्टाको टिमलाई उनले चर्तित जापानिज खाना सुसी सम्बन्धी तालिम दिएपछि उनी थप चर्चामा आएका थिए । माल्टामा पहिलो पटक फर्सिमा मान्छेको अनुहार बनाएर आफ्नो कलालाई सामाजिक संजालमा कृपाले पोष्ट गरेका थिए । यही पोष्टकै आधारमा माल्टाका पत्रकारले टाइम्स माल्टामा आफ्नो समाचार समेत प्रकाशित गरेको सार्कीले बताए । आफ्नो सीप र कलाको बारेमा विदेशको ठाउँमा पनि समाचार छापिए पछि निकै खुसी लागेको उनले बताए ।Messenger_creation_4910112F-DFB4-4529-8322-A3E9BEC2324F.heic

    खानाका विभन्न परिकारमा उनले कलात्मक आकर्षक डिजाइन बनाउँछन् । उनको कलालाई देख्ने जोपनि चकित पर्छन र दिल खोलेर प्रशंसा गर्छन । खानाको आकर्षक डिजाइन बनाएर उनी आफैमात्र चम्केका छैनन् । आफूसंगै नेपाललाई पनि चम्काएका छन् । कृपा कामगर्ने होटेलमा आउने पाहुनाहरुले उनको कलालाई देखेर सम्मान पुर्वक बधाइ दिदै सफलताको शुभकामना समेत दिने गरेका छन् । यस्तो राम्रो खानाको आकर्षक डिजाईन बनाउने तँपाई कुन देशको हो ? भनेर होटेलमा आउने पाहुनाहरुले मलाई सोध्नु हुन्छ । जवाफमा म नेपालको हुँ मेरो देश नेपाल हो भन्न पाउँदा गर्व महसुस हुने गरेको अनुभव कृपाले सुनाए ।Messenger_creation_A29D1DA8-5066-4DA2-90D3-79C65F05C33C.heic

    माल्टामा भेटिनु हुने नेपालीहरुले पनि मेरो कलाको प्रशंसा गर्दै थप हौसला प्रदान गर्ने काम गरेको उनले बताए । कृृपाले फर्सि तरभुजा लगायतका खानाको परिकारमा निकै मनमोहक आकर्षक विभिन्न प्रकारका डिजाइनका फुलहरु बनाउने, चर्चित व्यक्तिहरुका एकल र सामुहिक तस्बिर बनाएर आफ्नो कला र सीपलाई देखाउँदै आएका छन् । उनको कला र सीपलाई सबैले मन पराएर तारीफ गर्ने गरेका छन् ।Messenger_creation_0C0E88CA-2A63-4FD5-9D0D-EC9F55A97CB1.jpeg

    मेरो जेठोदाजु खमिलाल सार्कीबाट मैले प्रेणा पाएको हुँ । मेरोदाजु काष्ठकलामा नेपालभरी नै परिचित हुनुहुन्छ । काठमा आकर्षक जस्तोभन्यो त्यस्तै डिजाइन बनाएर मेरो दाजपनि नेपालमा चर्चित भएका छन् । नेपालका राष्ट्रिय मिडियामा दाजुको समाचार प्रशारण र प्रकाशित भइसकेको कृपा बताउँछन् । दाजुको कला देखेर नै मेरोपनि फलफुलमा विभिन्न डिजाइन बनाउने रुची बढेको उनले बताएका छन् ।Messenger_creation_4D6F017E-D2D2-41FA-A6D0-FEAB936BF0C9.jpeg

    सुदूरपश्चिम सेवा समाज माल्टाका अध्यक्ष दिपक सिंह ठगुन्नाले कृपा सरले खानाको परिकारमा कलात्मक डिजाइन बनाएका आकर्षक तस्बिरहरु पत्रकार धनराज अविरल तँपाइले फेसबुकमा पोष्ट गरेपछि मैले थाहा पाएको हुँ । मैले उहाँलाई चिनेको छैन् । तर उहाँको कला देखेर मलाई निकै खुसी लाग्यो । कृपा सरको कलाको म सम्मान गर्दछु । माल्टामा उहाँले फलफुलमा बनाएका डिजाइनले नेपाल र नेपालीको पहिचान स्थापति गरेको ठगुन्नाले बताए ।

    अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाको प्रवक्ता समेत रहेका सार्कीले संस्थामा पनि प्रभावकारी भूमिका खेल्दै आएका छन् । भिडियो डकुमेन्ट बनाउनमा पनि राम्रो सीप भएका उनले संस्थाका हरेक कार्यक्रमलाई डकुमेन्ट बनाएर जिवन्त बनाउने कामगर्दै आएको संस्थाका अध्यक्ष बासुदेव भुसालले बताए ।

    कृपा सार्कीको सीप र कलाले नेपाली भान्से सेफहरुको थप उचाई बढेको अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटी माल्टाका उपाध्यक्ष बावु अर्यालले बताए । नेपाली खानालाई विशवमा चिनाउन र नेपालीको पहिचान स्थापित गर्न अन्तर्राष्ट्रिय  नेपाली सेफ सोसाइटी माल्टा निरन्तर लागि परेको बताउँदै कृपा सरजस्तो व्यक्ति संस्थामा रहेकोले संस्थाले स्थापनाकालमै राम्रा कामगर्न सफल भएको अर्यालले बताए ।

    स्कूल पढ्दा सधैं प्रथम स्थानमात्र हासिल गरेका थिए कृपाले । कक्षा ४ सम्म पढ्दै गर्दा उनको पढाई राम्रो देखेर स्कूलले ४ कक्षाबाट एकैचोटी ६ कक्षामा राखेको थियो । तर देशमा चलेको द्धन्दका कारण उनले बिचैमा पढाई छोडेर १६ वर्षको उमेरमा बाध्यताले इन्डिया जानु परेको उनले बताए । सानै उमेरमा बुवा गुमाएका कृपाले बुवाको मायाको स्पर्श गर्न पाएनन् । ६ वटा भाइबहिनीलाई निकै दुःख गरेर आमाले स्याहार सुसार गरेर हुर्काएको उनले सम्झिए । पहिलो पटक ईन्डिया गएका उनले सुरुमा ब्यापार गरे । त्यसपछि एउटा होटेलमा भाँडा धुने कामपाए पछि उनले भाँडाधुने काम गरे । काममा लगनशील र निकै मिहिनेती कृपाले ६ महिनाभित्र किचन हेल्पर बनेर एकवर्ष भित्र सेफको काम सिकेर सेफ भएको उनले बताए । केहीवर्ष ईन्डियामा काम गरेर २०६७ सालमा उनी घर फर्किए । घरमा केही समय बसेर उनी काठमाडौं गए र सोल्टी होटेलमा सेफको काम गरे । उनले पकाएको खाना नेपालका ख्यातिप्राप्त व्यक्तिहरुले समेत खाएकाछन् ।Messenger_creation_C35BBC62-2ECB-4AEB-95B0-59BA39E4A8C6.jpeg

    ६ वर्षसम्म काठमार्डौमा सेफको काम गरेका उनले २०७४ सालमा वैदेशिक रोजगारका लागि दुबईको यात्रा सुरु गए । दुबईमा रहँदा पनि कृपाले अन्तराष्ट्रिय खाना पर्तियोगितामा भाग लिएर उत्कृष्ट खाना बनाएर अवार्ड समेत पाएका थिए । ७ वर्षसम्म दुबईमा सेफको काम गरेका उनले दुबईबाटै अमेरिका जाने सोच बनाए र अमेरिकाको लागि भिसा लगाए । भिसा लागेपनि कोरानाको समयमा विश्वनै संकटमा परेकोले मैलै अमेरिका जान पाईन । अमेरिका जान नपाएपछि ३ वर्ष पहिले माल्टामा आएको कृपाले बताए ।

    मिहिनेत लगनशिलता र संघर्षले नै मान्छे सफल हुने कृपा बताउँछन् । सबैसंग मिजासिलो व्यवहार गर्ने उनी सहयोगी पनि छन् । उनले माल्टामा धेरै नेपालीलाई काम खोजेर सहयोग पनि गरेका छन् । दुबईबाट माल्टामा आएर पनि उनी सेफको कामबाटै आकर्षक डिजाइन बनाएर चर्चामा रहे । आकर्षक खानाको परिकारका डिजाइनले दिनप्रतिदिन उनी चम्किदै गए ।Messenger_creation_7B8154E5-59C1-49EA-9947-AA95474949D7.heic

    सबैको बधाई र शुभकामना पाउने उनी एक उदाहरणीय पात्र बने । कृपा सरको आकर्षक सीप र कला मैले सामाजिक संजालमा देख्दा निकै खुसी लागेको थियो ।

    Messenger_creation_ED9E9FD5-065A-486A-B85C-BE219133E383.heicउहाँको कालाको म सम्मान गर्दछु । आफ्नो सीप र कलामार्फत आफू चम्कदै नेपाललाई युरोपमा चिनाउने काम गरेको माल्टामा रहेका गुल्मीका समिर थापाले बताए ।Messenger_creation_D8944CDF-B315-44FA-867A-C9A2B0DD03E4.heic

  • सम्बन्धित विषय:

  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images