चलचित्र रावायण रिलिज भएको छ । हिन्दु नारीहरूको महान पर्व हरितालिका तिजको अवसर पारेर भदौ २१ गते शुक्रबारबाट चलचित्र रावायण देशभरका सिनेमा हलमा प्रदर्शन भइरहेको बताइएको छ । 
चलचित्रमा रावायणमा नायक पल शाह/पूजा शर्मा/प्रियंका कार्की /प्रमोद अघारै लगायतले अभिनय गरेका छन् ।
फिल्म रावायणमा चर्चित उद्घोषिका , मिस फेस नेपालगन्ज २०१९ को 2nd रनर अप मेला/महोत्सवमा कार्यक्रम सञ्चालन गर्दै दर्शकको मन जित्न सफल प्रेरणा गिरीको समेत अभिनयको भुमिकामा देख्न सकिन्छ ।

सम्पूर्ण दर्शकहरूलाई सिनेमा हलमा गएर चलचित्र हेरिदिन प्रेरणा गिरीको आग्रह रहेको छ ।



