Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

गाउँ फर्क:

गाउँ फर्क:

  • समाचार
  • भाद्र २३, २०८१ आइतवार १३:१८ बजे
  • 1.1K
    SHARES
  • गाउँ फर्क:

    चरम महंगी र अवश्यकताले हाम्रो देश नेपालका तीन भाग मध्य पहाड र हिमालका बस्तीहरू बन्जर र खाली छन । भविष्यको चिन्ताका दृष्टीले हेर्दा हिमाल र पहाडको दृश्य निकट समयमै भयावह र बिकरलता उन्मुख तिर धकेलिदै गइरहेको छ । नेपालको कुल जनसंख्याको करिव आधा जनसंख्या हिमाल र पहाडका मुर्त वा अमुर्त सम्भावना र अवसरमा आश्रीत छ। तर बढ्दो महंगी त्यहाँको श्रम र बस्तुको मुल्य नगण्य हुँदा ठूलो जनशक्ति तराई र शहर केन्द्रीत छ र बिदेश संग त पुर्ण आश्रीत देखिन्छ ।

    उक्त बिकराल समस्यालाई पुनर्जिवित गर्ने उपाय नेपालको भौगोलिक संरचनाहरु जो हिमाल, पहाड र तराई बिच खोज्न जरुरत देखिन्छ । यो विभाजन मात्र भौगोलिक उपलब्धि होइन, यो संगै यसले विभिन्न सामाजिक र आर्थिक असमानताहरूलाई पनि उजागर गर्दछ। अहिलेको समयमा, तराई क्षेत्रले तीव्र विकासको गति लिइरहेको छ, जबकि हिमाल र पहाडका बस्तीहरूमा जनघनत्व चाँडै घट्दै गैइरहेको छ । यस समस्याले धेरै स्थानीय समुदायलाई प्रभावित गरिरहेको छ र यस लेखमा, म "गाउँ फर्क" विषयमा सकेसम्म गहिराइमा गएर लेख्ने कोसिस गर्दै छु जसले जलवायु परिवर्तन, वैदेशिक रोजगार र गाउँमा रोजगारीको अवसरहरूको अभावका कारण प्रभावित भएका यी क्षेत्रहरूलाई कसरी पुनर्जीवित गर्न सकिन्छ भन्ने चाँसो, चिन्ता र उपायहरु पस्किदैछु। विकास र अवसरको अभावले गर्दा युवाहरूको ध्यान तराई र शहर केन्द्रित भएको छ। यद्यपि, हिमाल र पहाडका बस्तीहरूमा प्राकृतिक सौन्दर्य, सांस्कृतिक धरोहर र समृद्धका इतिहासको लागि अवसरहरू तमाम हुँदा हुँदै राज्य र सरकारको प्रमुखतामा नहुँदा अन्धकार भविष्यउन्मुख छन तर पनि असल नेतृत्व र भिजनको खोजी र प्रायोरिटिले हिमाल र पहाडको बिकरालता रोक्न सरकार र स्थानीय समुदायले केहि प्रभावकारी कदम चाल्दा अँझै पनि उज्वल भविष्यका किरणहरु बरकरार छन ।

    १. रोजगारीको सृजना पहाडी र हिमाली क्षेत्रको जनघनत्व घट्नुको मुख्य कारण रोजगारीको कमी हो। ग्रामीण क्षेत्रहरूमा कृषि, पशुपालन, हस्तशिल्प, र पर्यटनलाई प्रवर्धन गर्नाले युवाहरूलाई आकर्षित गर्न सक्छ। स्थानीय उत्पादन, जस्तै हस्तनिर्मित वस्त्र, कृषि उत्पादन र पारस्पारिक खाद्य वस्तुहरूलाई बजारमा बेच्नका लागि पहल गरिनु पर्दछ। यसले स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन मद्दत गर्नेछ र पहाड र हिमालमा जीवनस्तर सुधार गर्नेछ।

    २. शिक्षा र तालिम गाउँभन्दा टाढा रहेका प्रमुख समस्यामध्ये शिक्षा र तालिमको कमी पनि पर्दछ। आधुनिक युगमा देखा पर्ने अवसरहरूको लागि युवाहरूलाई लैजानका लागि गुणस्तरीय शिक्षा र व्यावसायिक तालिमको महत्त्व बडेको छ। सरकार र गैर-सरकारी संस्थाहरूले शैक्षिक प्रक्रिया र तालिमका कार्यक्रमहरूमा ध्यान दिनु पर्छ ताकि गाउँका युवाले आवश्यकता अनुसारका सीप र ज्ञान प्राप्त गर्न सकून्।

    ३. आधारभूत पूर्वाधारको विकास गाँवको विकासका लागि आधारभूत पूर्वाधारको विकास अत्यन्त महत्वपूर्ण छ। स्वास्थ्य सेवा, सडक, विद्युत र संचार सुविधाहरूमा सुधार गर्न आवश्यक छ। यदि गाउँमा उचित आधारभूत संरचना हुनेछन भने मानिसहरूले आफूलाई गाउँमा बस्न आरामदायी अनुभव गर्नेछन् र स्थानीय जनहरु पलायनन हुन बाट रोकिनेछन।

    ४. जनसामुदायिक संलग्नता गाउँ विकासका योजनाहरूमा स्थानीय समुदायलाई संलग्न गराउनु पर्छ। यसले स्थानिय जनताको भावना चासो र आवश्यकहरु परिपुर्ति हुनेछन। जस्ले समुदायको आवाज र चासो अनुसारका विकास योजनाहरूलाई प्राथमिकता दिनाले स्थानीय समुदायको सशक्तीकरण हुनेछ र विकासको प्रभावकारीता बढाउनेछ र जनता आफ्नो स्थानीय क्षेत्र प्रती भावनाले टाढा हुनेछैन ।

    ५. विकासको प्रविधि प्रयोग आधुनिक प्रविधिहरूको प्रयोग गरेर विकास प्रक्रियालाई प्रवर्द्धन गर्न सकिन्छ। अनलाइन प्लेटफर्ममार्फत कृषि उत्पादन, हस्तशिल्प वस्त्रहरू र स्थानीय खानेकुराहरूको बजारमा पहुँच पुर्याउने उपायहरू अवलम्बन गर्न सकिन्छ। कृषि र अन्य व्यवसायमा नवप्रवर्तनात्मक प्रविधिहरू लागू गरिनु पर्छ ताकि उत्पादनमा वृद्धि र खर्चमा कटौती गर्न सकिन्छ।

    ६. पर्यटन विकासको अवसर नेपालको हिमाली र पहाडी क्षेत्र विशेष गरी पर्यटनका लागि आदर्श छन्। स्थानिय सांस्कृतिक, धार्मिक र ऐतिहासिक धरोहरको संरक्षण गरेर र आरामदायी होमस्टे कार्यक्रमहरू लागू गरेर, स्थानीय र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सकिन्छ। यसले स्थानीय व्यवसायलाई सहयोग गर्नेछ र गाउँहरूमा आर्थिक बृद्धि ल्याउनेछ।

    ७. शिक्षक कर्मचारीहरुका लागी उत्प्रेरणा देश बिकासको मेरुदण्ड मानिने शिक्षक र सरकारी कर्मचारीहरुलाई हिमाल तथा पहाडका बस्तिहरुमा सहजरुपमा काम गर्न अतिरिक्त भत्ता तथा थप तलब सुबिधा सहित बिशेश किसिमको राजकीय परिचय दिएर प्रेरित गर्न राज्यले पहल गर्नु पर्दछ । जस्ले भौगोलिक अफ्ठ्यारा र जटिलताहरु बिर्साउने छ र शिक्षक कर्मचारीहरुले आफ्नो पेसा र आवद्धस्थान प्रती गर्वगर्ने वातावरण बन्नेछ ।

    सारमा भन्नू पर्दा गाउँ फर्क अभियान उपयुक्त उपायहरूको समावेश गरेर हाम्रो पहाडी र हिमाली क्षेत्रमा बस्तीहरूलाई पुनर्जीवित गर्न सकिन्छ। स्थानीय समुदायको सक्रिय संलग्नता, शिक्षा र तालिमको प्रवर्धन, रोजगारी सिर्जनाको अभिवृद्धि, र आधारभूत पूर्वाधारको सुधारले हाम्रो गाउँको जीवनशैली परिवर्तन गर्न सहयोग पुर्याउनेछ।

    यसैले, हाम्रो सामूहिक प्रयास र एकता आवश्यक छ ताकि हिमाल र पहाडका जनताले फेरि आफ्ना गाउँमा जीवन यापन गर्न र उत्प्रेरित हुन सकून्। "गाउँ फर्क" हाम्रा लागि एक सुनौलो अवसर हो, जसले हामीलाई पहाडी र हिमाली क्षेत्रको समृद्धि र विकासको जग बनाउन मद्दत पुर्याउँछ। जय नेपाल 🇳🇵

    ✍️धिरज सन्ज्याल नेपाली कांग्रेसका युवा नेता तथा समाजसेवी हुन 

  • सम्बन्धित विषय:

  • # धिरज

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images