लम्की जेसीज वर्ष २०२४ सप्ताहको समापन समारोह सम्पन्न भएको छ । लम्की जेसीज वर्ष २०२४ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गत समापन समारोह मंगलबार सम्पन्न भएको हो ।
सप्ताह व्यापी कार्यक्रमको पहिलो दिन उद्घाटन तथा सचिवालय व्यवस्थापन कार्यक्रम जेसी छविलाल बुढाथोकी , दोस्रोदिन पञ्चकोशी खेलमैदानमा वृक्षारोपण कार्यक्रम कार्यक्रम संयोजक जेसी एकेन्द्र बजगाईं , तेस्रोदिन वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम संयोजक जेसी बल बहादुर थापा , चौथो दिन ब्रतालुहरूलाई पानी वितरण कार्यक्रम संयोजक नलिना तिमिल्सेना , पाँचौदिन बृहत् रक्तदान कार्यक्रम संयोजक जेसी नवराज खनाल , छैठौं दिन स्लो रेस मोटरसाइकल प्रतियोगिता संयोजक एकेन्द्र घोडासैनी , सातौंदिन समापन तथा पुरस्कार वितरण कार्यक्रम गरेर सम्पन्न भएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत लम्की जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी भरत खनाल , महासचिव जेसी भुपेन्द्र तिमिल्सेना , मुल संयोजक जेसी केशव शर्मा रहनु भएको थियो ।
समापन कार्यक्रममा लम्की जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी भरत खनालको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्र प्रसाद खनाल , वडा नं ५ की अध्यक्ष माया बिष्ट रहनु भएको थियो । कार्यक्रममा नेपाल जेसीजका पुर्व अध्यक्ष तथा बोर्ड पदाधिकारीहरू , छिमेकी शाखाका अध्यक्षहरू , लेडी जेसीज लगायतकाको सहभागीतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लम्की जेसीजका कार्यकारी उपाध्यक्ष एवम् समापन संयोजक जेसी दिपक कठायतले स्वागत मन्तव्यले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन महासचिव जेसी भुपेन्द्र तिमिल्सेनाले गर्नु भएको थियो ।



