Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

रेडक्रस कैलालीको ३९औं जुनियर युवा गोष्ठी तयारीका लागि छलफल सम्पन्न

रेडक्रस कैलालीको ३९औं जुनियर युवा गोष्ठी तयारीका लागि छलफल सम्पन्न

  • समाचार
  • भाद्र २९, २०८१ शनिवार १३:४४ बजे
  • 1.2K
    SHARES
  • रेडक्रस कैलालीको ३९औं जुनियर युवा गोष्ठी तयारीका लागि छलफल सम्पन्न

    देवानन्द न्यौपाने / लम्की 

    नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल घोडाघोडी सामुदायिक मावि , सुखड कैलालीको आतिथ्यतामा हुने कैलाली जिल्ला स्तरीय ३९औं जुनियर / युवा रेडक्रस गोष्ठीको तयारीका लागि छलफल गरिएको छ ।

    आगामी मिति २०८१ साल असोज ११ र १२ गते घोडाघोडी नगरपालिकाको वडा नम्बर १  सुखडमा रहेको घोडाघोडी सामुदायिक माविमा संचालन हुने उक्त गोष्ठीलाई सफल पार्नका लागि आज शनिबार  सरोकारवालाहरुबिच छलफल आयोजना गरिएको हो ।घोडाघोडी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईको सभापतित्वमा आयोजना गरिएको छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपमन्त्री राकेश हमालले रेडक्रसको मेरुदण्डको रुपमा रहेको जुनियर तथा युवा सर्कलको क्षमता विकास गर्नका लागि जिल्ला स्तरीय जुनियर युवा गोष्टिले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै गोष्ठीको आतिथ्यताको जिम्मा लिने विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका सदस्य  दिनेशकुमार लामिछानेले स्थानीय श्रोत साधनको प्रयोग गरि जिम्मेवारी बाडफाड गर्दै गोष्ठी संचालन गर्नुपर्ने बताउँदै रेडक्रसको परम्परा अनुसार सबैको पारस्परिक सहयोग लिएर गोष्ठीलाई सफल बनाउनु पर्ने धारणा राख्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवम् जुनियर / युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले जुनियर तथा युवा रेडक्रसको जिल्ला स्तरीय गोष्ठी संचालनको जिम्मा लिने विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै यसलाई विद्यालयले अवसरका रुपमा लिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद भट्टराईले जुनियर / युवा रेडक्रस गोष्ठी संचालनका लागि आफू र क्याम्पस परिवारको समेत पुर्ण समर्थन रहने बताउँदै यो गोष्ठी संचालन गर्न पाउनु मध्यवर्ती क्षेत्रकै लागि अवसर भएको बताउनुभयो ।

    कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी घोडाघोडी उपशाखाका सभापति भवानीप्रसाद तिवारी , प्रतापपुर उपशाखाका सभापति खडक चौधरी , घोडाघोडी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जैशी, घोडाघोडी सामुदायिक मावि सुखडका प्रधानाध्यापक टीका भट्ट , युवा रेडक्रस सर्कल घोडाघोडी सामुदायिक माविका सहायक प्रधानाध्यापक एवम् शिक्षक नायक प्रकाश प्रसाद बिनाडी लगायतकाको उपस्थिति रहेको थियो ।

    रेडक्रस अभियानका बारेमा जानकारी दिन, जुनियर तथा युवा रेडक्रस सर्कलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी दिन तथा विपद व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गराउन हरेक वर्ष जिल्ला स्तरीय जुनियर युवा रेडक्रसको गोष्ठी संचालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सदस्य एवम् जुनियर / युवा रेडक्रस समितिका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभयो ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images