Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

६० औं राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

  • समाचार
  • भाद्र ३०, २०८१ आइतवार १०:२८ बजे
  • 1.4K
    SHARES
  • ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता सम्पन्न

    चन्द्र प्रसाद खनाल , लम्की भदौ २९

    ६० औं राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला प्रतियोगिता कैलालीको जानकी गाउँपालिका ३ सुवर्णपुरमा रहेको भृकुटी माध्यमिक विद्यालयमा शनिबार सम्पन्न भएको छ । ज्ञानज्योति युवा सञ्जाल जानकी गाउँपालिका ३ कैलालीको आयोजनामा नदि सबैका लागि भन्ने शीर्षकमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।IMG-20240914-WA0045.jpg

    जानकी गाउँपालिका वडा नं ३ र ६ वडा कार्यालय ,wwf , ukaid , डल्फिन संरक्षण केन्द्र , ड्रइन इनेभेट लगायतका संघसंस्थाहरूले सहयोग गरेका हुन् । ज्ञानज्योति युवा सञ्जालकि उपाध्यक्ष मंगला अयडीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाकी उपाध्यक्ष लालमति कठरिया रहनु भएको थियो भने विशिष्ट अतिथि जानकी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सुरेश कुमार चौधरी रहनु भएको थियो ।IMG_20240915_075203.jpg

    ज्ञानज्योति युवा संजालकि कोषाध्यक्ष चन्द्रिका चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन ज्ञानज्योति युवा सञ्जालका सचिव अशोक चौधरीले गर्नु भएको थियो ।IMG-20240914-WA0048.jpg

    मुनुवा युवा क्लबका अध्यक्ष सुरेन्द्र चौधरी , बालज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक भोजराज चौधरी , wwf का प्रतिनिधि बाबुराम चौधरी , कार्यपालिका सदस्य इन्द्रा शोभ विक निर्णायक मण्डल रमेश कडायत , इन्द्रबहादुर चौधरी रहनु भएको थियो ।IMG-20240914-WA0032.jpg

    ज्ञानज्योति युवा सञ्जालले सामाजिक क्षेत्रमा समेत कार्य गर्दै आइरहेको छ यसभन्दा पहिले आँखा शिविर , स्वास्थ्य शिविर , लागु औषध सम्बन्धी सचेतना मुलक कार्यक्रम , वृक्षारोपण लगायतका कार्यक्रम गरिसकेको छ ।

    चित्रकला प्रतियोगितामा भृकुटी माविकी सुप्रिया चौधरी प्रथम , बालज्योति माविका जनक भण्डारी दोस्रो ,महेन्द्र शिशु  माविका रोहित चौधरी तेस्रो ,  भृकुटी माविका बसन्त बुढा सान्त्वना र जनकल्याण आधारभूत विद्यालयबाट डम्मरा साउद सान्त्वना स्थान हासिल गरेका निर्णायक समितिले जानकारी दिएका छन् ।   IMG-20240914-WA0042.jpg

    कार्यक्रममा बोल्ने वक्ताहरूले बालदिवसको शुभकामना दिनुका साथै बालबालिकालाई सही बाटोमा हिडाउन सबैको ध्यान जानुपर्ने बताएका थिए ।IMG-20240914-WA0042.jpg

  • सम्बन्धित विषय:

  • # जानकी गापा कैलाली
  • # बालदिवस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images