Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बागमती गाउँपालिकामा खानेपानीको समस्या / बजगाईले दिए पार्टी कार्यालयमा निवेदन

बागमती गाउँपालिकामा खानेपानीको समस्या / बजगाईले दिए पार्टी कार्यालयमा निवेदन

  • समाचार
  • भाद्र ३०, २०८१ आइतवार १२:४५ बजे
  • 1.3K
    SHARES
  • बागमती गाउँपालिकामा खानेपानीको समस्या / बजगाईले दिए पार्टी कार्यालयमा निवेदन

    ललितपुर जिल्ला स्थित बागमती गाउँपालिका वडा नम्बर ४, प्युटार धनडाडा स्थानमा वनमा लागेको डढेलोले खानेपानी पाइप ध्वस्त भएको हुँदा मोक्तान र लोसे गाउँमा खानेपानीको चरम समस्या भएको छ ।

    आज भन्दा दुई वर्ष अघि लागेको उक्त डढेलोले ३५०० मिटर पाइप जलेर ध्वस्त भएको थियो । मोक्तान गाउँ र लाेसे गाउँमा छरिएर रहेका करिव ४५ घरधुरीमा ढाई सय बढी जनसंख्या रहेको छ। गाउँमा खानेपानीको समस्याले दैनिक जीवनयापन गर्न अति कठिन भएपछि त्यहाका जनताले दुई वर्ष देखि ४ किलोमिटर पर रहेको भट्टे खोलाको पानी बोकेर जीवन निर्वाह गरी रहेका छन्। पटक पटक त्यहाका जनताले स्थानीय निकाय र जन प्रतनिधि सङ्ग खानेपानीको समस्या बताएपनि स्थानीय निकाय र जनप्रतिनिधिले कुनै चासो नदेखाएको स्थानीय जनताको गुनासो रहेको छ।

    स्थानीय जनताको जन गुनासो समेटी स्थानीय बुद्धिजीवीको समझदारीमा राप्रपा बागमती गाउँपालिका सचिव रामकृष्ण सञ्जेलले सुदुर पश्चिमका युवा नेता बैकुण्ठ बजगाई सामु स्थानीय निकायको चरम लापरवाहीको कारण यहाँको जनजीवन अती कठिन र दयनीय रहेको बताएका थिए।

    सुदुरपश्चिमका युवा नेता बैकुण्ठ बजगाईले खानेपानी जस्तो संवेदनशिल समस्याको विषयमा यो स्थानीय सरकारको चरम लापरवाही भन्दै स्थानीय जनताको गुनासो र खानेपानी समस्या समाधानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी कार्यालय धुम्बाराहीमा विशेष निवेदन पेश गरेका छन् ।

    बजगाई आफु सुदुरपश्चिमको भएपनि सम्पूर्ण जनतालाई एक समान दृष्टिले हेर्ने र सबै जनताको समस्या आफ्नो जस्तै ठान्ने भएको हुँदा ललितपुर स्थित मोक्तान र लोसे गाउँका जनताले स्थानीय निकाय मार्फत खानेपानीको कार्य नभए पछि सो समस्या समाधानका लागि पहल गरिदिन बजगाई लाई आग्रह गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # खानेपानी

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images