चन्द्र प्रसाद खनाल , लम्की पलपल अनलाइन मिडिया
शिक्षा , सुचना विकासको अभियान , सुसंस्कृत तथा सभ्य समाज हाम्रो पहिचान भन्ने मुल नाराका साथ यहीँ कार्तिक २ गतेदेखि कार्तिक १२ गतेसम्म हुने भएको छ । चुलिमालिका साहित्यिक युवा क्लब लम्कीचुहा नगरपालिका २ कैलालीको आयोजनामा लम्की सांगीतिक महोत्सव २०८१ मोतीपुरमा हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
महोत्सव मुल आयोजक समितिका अध्यक्ष नामकर खनालले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने बताइएको छ । महोत्सव सफल पार्न सबैलाई आग्रह गरेका छन् । महोत्सवको उद्देश्य क्लबको भवन निर्माण गर्ने , सब चिस्यान उपकरण खरिद गरिने , पर्यटकीय स्थलको प्रचारप्रसार गरि विकासमा टेवा पुगाउने , स्थानीय कला संस्कृतिको संरक्षण गर्ने , लागू पदार्थ न्युनिकरणका लागि सचेतना मुलक कार्यक्रम गरिने लगायत विभिन्न पहिचानको उद्देश्य रहेको छ ।
महोत्सव करिब ४ लाख दर्शकले अवलोकन गर्ने आयोजक पक्षको दाबी रहेको छ । मुख्य प्रायोजक , प्रायोजक , स्टल बुकिङ खुला भएको र लम्कीस्थित जेसीज हलमा रहेको सचिवालयमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ । महोत्सवमा अन्य थुप्रै आकर्षण समेत रहनेछन् ।
महोत्सव संयोजक नामकर खनाल , निर्देशक रंग प्रसाद धमाला , उपसंयोजक तथा प्रशासनिक व्यवस्थापन एकेन्द्र बजगाई , आर्थिक संयोजक नरेन्द्र संज्याल र।सदस्य सचिव लोकेश संज्याल रहेका छन् ।
पत्रकार सम्मेलनमा क्लबका पदाधिकारी , जनप्रतिनिधिहरू , व्यावसायी , पुर्व जनप्रतिनिधिहरू , सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।
भिडियो पलपल अनलाइन मिडिया रहेको छ हेर्न सक्नुहुनेछ ।



