कैलालीको घोडाघोडीमा पालिका स्तरीय परियोजना परिचयात्मक कार्यक्रम मंगलबार घोडाघोडी नगरपालिकाको सुखडमा सम्पन्न भएको छ । दिगो विकास समाज भजनी, बाल कल्याण सङ्घ टीकापुर तथा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा पालिका स्तरीय परियोजना परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो । पालिका स्तरीय परियोजना परिचयात्मक कार्यक्रममा गत वर्ष सञ्चालित कार्यक्रमको समीक्षा तथा नयाँ वर्ष सन २०२५ का नयाँ कार्यक्रम सार्वजनिक गरिएको थियो ।
साझेदारी संस्थाले सन २०२४ मा गरेका कार्यहरू र सन २०२५ मा गरिने क्रियाकलापहरूको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । दिगो विकास समाज भजनीद्धारा सञ्चालित नेपाल तथा पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका कार्यक्रम संयोजक प्रभुनाथ ढकालले वर्ष २०२४ मा यस नगरपालिकामा गरेका काम, प्रगति र अब आउने आर्थिक वर्ष सन् २०२५ मा परियोजनाले गर्ने कामहरूको बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
त्यस्तै बाल कल्याण सङ्घ टीकापुरका अनुगमन तथा मुल्याङ्क अधिकृत हरि प्रसाद जोशीले बाल स्पोंसरशिप तथा बाल संरक्षण परियोजनाको वर्ष २०२४ मा यस नगरपालिकामा गरेका काम, प्रगति र अब आउने आर्थिक वर्ष २०२५ मा परियोजनाले गर्ने कार्यक्रम र बजेटको बारेमा सहभागीहरूलाई जानकारी गराउनु भएको थियो ।
परियोजनाहरूको प्रस्तुतीकरण पछि सहभागीहरूसँग छलफल गरिएको थियो । छलफल कार्यक्रममा सहभागी वक्ताहरूले विभिन्न सुझाव तथा टिप्पणी समेत गरेका थिए । बाल कल्याण सङ्घ टीकापुरले यस पालिकामा बाल स्पोन्सर परियोजना कार्यक्रम संचालन गरेको छ भने दिगो विकास समाजले पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना संचालन गरि काम गरिरहेको छ ।
दिगो विकास समाज भजनीका अध्यक्ष राम बहादुर सुनारको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेको थिए । त्यस्तै विशिष्ट अतिथि उप प्रमुख गुलिया कुमारी चौधरी,निमित्त प्रमुख प्रशासकीय अधिकृत उमेश राज रेग्मी रहनु भएको थियो । कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखाका प्रमुखहरू, पत्रकार,दिगो विकास समाज भजनी र बाल कल्याण सङ्घ टीकापुरका कर्मचारीहरूको सहभागी रहेको थियो ।
बाल कल्याण सङ्घ टीकापुरका मनोपरामर्शकर्ता बिस्ना चौधरीको स्वागत मन्तव्य सँगैसुरु भएको कार्यक्रमको सञ्चालन दिगो विकास समाज भजनीका कर्मचारी कमल खनालले गरेका थिए ।
कार्यक्रममा दिगो विकास समाज भजनीका प्रमुख प्रभुनाथ ढकालले प्रस्तुत गर्नु भएको भिडियो पलपल अनलाइन मिडियामा हेर्न सकिनेछ ।



