धनराज विक (अविरल) अक्टोबर ९ (युरोप)
नेपाली जनसम्पर्क समिति माल्टाको आयोजनामा दशैं, तिहार तथा छठपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम माल्टामा सम्पन्न भएको छ । शुभकामना आदनप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले शुभकामना मन्तव्य दिदै प्रवासी नेपालीहरुको समस्या समाधानमा नेपाल सरकार जिम्मेवार बन्नु पर्नेमा जोड दिएक थिए ।
नेपाली जनसम्पर्क समिति माल्टाका सभापति हरि प्रकाश विश्वकर्माको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन नेपाली कांग्रेसका संस्थापक नेता वि पी को तस्बिरमा माल्यार्पण र बिरुवामा पानी हालेर गरिएको थियो । कार्यक्रमको उद्घाटन नेपाल माल्टाका लागि पर्यटन दुत एवम् शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि प्रकाश भण्डारीले गरेका थिए ।
दशैंको रातो टिका निधारमा लगाएर प्रजातन्त्र र लोकतन्त्रका लागि जीवन अर्पण गर्ने ज्ञातअज्ञात सहिदहरु संगै युरोपको माल्टामा रोजगारीको सिलसिलामा आएर जीवन गुमाउनेहरुको सम्झनामा मौनधारण गर्दै राष्ट्रिय गीतमा सहभागी भएर राष्ट्रप्रर्ती सम्मान गरी कार्यक्रमको सुरु गरिएको थियो ।
माल्टाका लागि पर्यटन दुत एवम् शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि प्रकाश भण्डारीले माल्टामा पहिलो पटक औपचारिक रुपमा नेपाली जनसम्पर्क समिति माल्टाले शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको बताए । नेपाली जनसम्पर्क समिति माल्टाले प्रवासी नेपालीका समस्या समाधानमा माल्टामा रहेका सरोकार पक्षसंग समन्वय र सहकार्य गरी काम गर्नुपर्ने बताएका थिए ।
नेपाली जनसम्पर्क समिति माल्टाका सल्लाहकार एवम् सफल व्यवसायी कार्यक्रमका विशिष्ट अतिथि जिके शर्माले नेपाली जनसम्पर्क समिति माल्टाको संस्थागत विकासमा आफूले सधैं सहयोग गर्ने भन्दै शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले देशविदेशमा रहेका नेपालीहरुको सुख शान्तीको कामना गर्दै नेपालमा रोजगारीको सिर्जना गरी विदेश बाहिरिने युवाहरुलाई नेपाल सरकारले रोक्नुपर्ने धारणा राखेका थिए । विदेशबाट नेपालीहरुले पठाएको विप्रेषणबाट देश आर्थिक रुपमा अगाडी बढेकोले प्रवासी नेपाली र उनीहरुका परिवारका लागि अवसर दिने कुरामा सरकार गम्भीर बन्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुने मन हुँदार्हुदै पनि कामको व्यस्ताले आफू सहभागी हुन नसकेकोमा दुख लागेको भन्दै नेपाली जनसम्पर्क समिति माल्टाको संस्थागत विकास र प्रवासी नेपालीहरुका सुख र दुखमा निरन्तर आवाज उठाइ रहने ईश्मा गाउँपालिका ५ बनगाउँ गुल्मी घर भएका र हाल रोजगारीको सिलसिलामा माल्टामा रहेका पुर्व राष्ट्रसेवक एवम् नेपाली कांग्रेसका युवा नेता समीर थापाले बताए । उनले भने –“पछिल्लो समयमा नेपालबाट युवाहरु विदेश पलायन हुनेको संख्या बढ्दै गएकोले यसतर्फ नेपाल सरकार गम्भीर हुनुपर्छ । रेमिटेन्सले धानेको अर्थतन्त तासको घरजस्तै हो जतिबेला पनि ढल्न सक्छ सरकार यसतर्फ समयमै सचेत हुनुपर्छ ।”
नेपाली जनसम्पर्क समिति माल्टाका संस्थापक महामन्त्री एवम् प्रमुख संरक्षक उज्जवल केसी, एनआरएन माल्टाका कार्यवार्हक अध्यक्ष मधु गुरुङ, एनआरएन माल्टाका पूर्व महासचिव एवम नेपाली जनसम्पर्क समिति माल्टाका सल्लाहकार रोशन गिरी, नेपाली जनसम्पर्क समिति माल्टाका उपसभापति एवम् कार्यक्रम संयोजक शंकर पोखे्रल, एनआरएन माल्टाका उपाध्यक्ष एवम् नेपाली जनसम्पर्क समिति माल्टाका सल्लाहकार प्रकाश थापा, एनआरएन माल्टाका उपाध्यक्ष प्रेम लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।
त्यसैगरी कार्यक्रममा एनएमएफसी माल्टामा अध्यक्ष राजेन्द्र बिष्ट, तामाङ समाज माल्टाका अध्यक्ष सुनिल डोङ तामाङ, तमु समाज माल्टाका अध्यक्ष आकाश गुरुङ, झापाली समाज माल्टाका अध्यक्ष मुक्ति पुरी, महासचिव प्रकाश भण्डारी, चन्द्रसूर्य ईन्भेन्टका संयोजक समुन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेको आयोजकले बताएको छ ।
नेपाली जनसम्पर्क समिति माल्टाका सभापति हरि प्रकाश विश्वकर्माले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई शुभकामनाका साथै धन्यवाद दिएका थिए । प्रवासी नेपालीको अधिकारका पक्षमा सबै जिम्मेवार बन्नुपर्ने भन्दै सरकारले अभिभावकीय भूमिका निभाई आफ्नो दायित्व पूरा गर्नुपर्ने विश्कर्माले बताए । नेपाली राजनीतिले बाटो बिराएर जनताको विरुद्धमा कामगर्न खोजे सबैले खबरदारी गरी सचेत गर्नुपर्ने उनले बताए ।
नेपाली जनसम्पर्क समिति माल्टाका उपसभापति सबिता भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन नेपाली जनसम्पर्क समिति माल्टाका महासचिव रिसीराम काफ्लेले गरेका थिए ।



