हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६, कैलालीद्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत विद्यालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। उक्त विद्यालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३५ जना विद्यार्थीहरुलाई झोला,कापी र कलम शैक्षिक सामाग्री बितरण गरिएको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशीले जानकारी दिएका छन ।
बिगतका दिनहरुमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आईरहेको र आगामि दिनहरुमा पनि सामुदायिक विद्यालयहरुमा शैक्षिक सामाग्री,बिद्यार्थीहरु लाई पोसाक बितरण गर्ने,बालबालिका लागि अनाथालय तथा जेष्ठ नागरिक संरक्षण कार्य गर्ने भाबी योजना रहेको फाउन्डेसनका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशीले बताउनु भएको थियो।
कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्सित भएका थिए भने वडा अध्यक्ष रुप बहादुर कुँवरले आर्थिक स्थिती निकै कमजोर भएका विद्यालयमा अध्ययनरत बि विद्यार्थीलाई सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद र आगामी दिनहरुमा फाउन्डेसनसँग समन्वय र सहकार्य गर्न वडा तत्पर रहेको बताएका थिए ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर बिष्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रुप बहादुर कुँवर,बिशिस्ट अतिथि वडा सदस्य बिरु सुनार,हेमा श्री फाउन्डेसन नेपाल कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी रहनु भएको थियो। त्यस्तै अतिथिमा युवा ब्यवसायी टेक बहादुर बटाला,पुष्प बटाला,पृथ्वी बटाला,गोरख कुँवर, शिक्षक-शिक्षिका,फाउन्डेसनका पदाधिकारी,अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो।
शिक्षक कालू बिष्टले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको संचालन बिधालयका प्रधानाध्यापक उमाकान्त जोशीले गर्नु भएको थियो।



