धनराज विक (अविरल) अक्टोबर १६ (युरोप)
नेपाली जनप्रगतिशील मञ्च मााल्टाद्धारा बाढीपीडितलाई १ लाख सहयोग गरेको छ । नेपालमा बर्षातको समयमा आएको बाढीका कारण समस्यामा परेका बाढीपहिरो पडितलाई सहयोग पुगोस् भनेर जनप्रगतिशील मञ्च मााल्टाले १ लाख सहयोग जनप्रगतिशील मञ्च मााल्टाका अध्यक्ष कान्छाराम बुढाथोकी (बिनय) ले बताए ।
बर्षेनी रुपमा आउने बाढीपहिरोबाट धेरैले ज्यान गुमाएका छन् । सयौं घाईते भएका छन् र विस्थापित भएको खबरप्रर्ती जनप्रगतिशील मञ्च मााल्टाले दुख व्यक्त गरेकोे अध्यक्ष (बिनय) ले बताएका छन् ।
देशमा विपत परेको बेला सहयोग गर्नुपर्छ भनेर नै बाढीपहिरोबाट पीडित भएकाहरुलाई आफ्नै पहलमा सहयोग संकलन गरेर पठाएको बिनयले बताए । जनप्रगतिशील मञ्च मााल्टा मार्फत सहयोग रकम दिएर बाढीपीडितलाई सहयोग गर्ने संगठनका सबैलाई उनले धन्यवाद्द दिएका छन् ।
हाम्रो सानो सहयोगले समस्यामा परेकाहरुलाई केही मद्दत पुग्न सक्छ । त्यसैले हामीले एकदिनमा नास्ताको लागि खर्चगर्ने पैसामात्र जोगाएर सहयोग पठाउने हो भने धेरै पैसा जम्मा हुनसक्छ । मानवीय र सामाजिक काममा सहयोगी हात फैलाउन अध्यक्ष बिनयले सबैलाई अनुरोध समेत गरेका छन् ।
नेपालमा बाढीपहिरोका कारण मानवीय क्षतीसंगै भौतिक संरचना पनि ध्वस्त भएको समाचार हेरेपछि हामीलाई धेरै दुख लाग्यो । केही सहयोग गर्नुपर्छ भनेर नै जनप्रगतिशील मञ्च मााल्टा परिवारले सहयोग रकम संकलन गरी नेपाल पठाएको जनप्रगतिशील मञ्च मााल्टाका उपाध्यक्ष कृष्ण सुवेदी (गाउँले) ले बताए ।
विपतमा पेरकाहरुलाई मानवीय सहयोगका काम जनप्रगतिशील मञ्च मााल्टाले गर्दै आएको र आगामी दिनमा पनि यस्ता सहयोगका कामलाई निरन्तरता दिने जनप्रगतिशील मञ्च मााल्टाका सचिव अनन्त भण्डारीले बताएका छन् ।
नेकपा माओवादी केन्द्रको निकट प्रवास कमिटि मार्फत जनप्रगतिशील मञ्च मााल्टाले सहयोग रकम संकलन गरी पठाएको संगठनले जनाएको छ ।



