Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बादी समुदायका मुलभुत सवालहरूमा सरोकारवालाहरूबीच सार्वजनिक सुनुवाइ

बादी समुदायका मुलभुत सवालहरूमा सरोकारवालाहरूबीच सार्वजनिक सुनुवाइ

  • समाचार
  • कार्तिक ५, २०८१ सोमवार २१:०२ बजे
  • 1.1K
    SHARES
  • बादी समुदायका मुलभुत सवालहरूमा सरोकारवालाहरूबीच सार्वजनिक सुनुवाइ

    बादी समुदायका मुलभुत सवालहरूमा प्रदेशसभा सामाजिक विकास समिति र सरोकारवालाहरूबीच सोमबार लम्कीको बल्चौरमा सार्वजनिक सुनुवाइ भएको छ । सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजना र सामाजिक विकास समिति तथा संसद सहयोग परियोजनाको समन्वय र सहकार्यमा सार्वजनिक सुनुवाइ भएको हो ।IMG_20241021_203732.jpg

    कार्यक्रममा प्रदेशसभा सदस्यहरु धर्मराज पाठक, जानकी पौडेल कुँवर र तुलसी देवकोटा, पुर्व प्रदेश सांसद उमादेवी बादी र लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष लव बहादुर शाहीले बादी समुदायका सवालहरुबारे धारणा व्यक्त गर्नुभएको थियो ।

    IMG_20241021_203715.jpgकार्यक्रममा सुदूरपश्चिम बादी उत्थान समाजका अध्यक्ष रमा देवी बादी, सचिव नन्दराम बादी, सञ्चारकर्मी रमेश बादी लगायतले बादी समुदायको अवस्था र समस्याबारे धारणा व्यक्त गर्नुभएको थियो ।IMG_20241021_203846.jpgIMG_20241021_203614.jpg

    कार्यक्रममा सहभागीहरुले प्रदेशसभा सामाजिक विकास समिति समक्ष बादी बस्तीको समस्या र सरकारले गर्नुपर्ने कामबारे जानकारी गराएका थिए । सहभागीहरुले बादी बस्तीमा सुकेका खडा रुखहरूका कारण सधै जोखिम रहेको, आर्थिक विपन्नताका कारण बालबालिका पढाईबाट बन्चित भएको, रोजगारीको अभावमा अहिले पनि मागेर गुजारा गर्नुपर्ने अवस्था रहेको बारे गुनासो गरेका थिए ।IMG_20241021_203633.jpg

    प्रदेश सभा सदस्यहरुले बादी समुदायका सवालहरुमा गम्भीरतापूर्वक समिति र प्रदेश सभामा कुरा उठाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।IMG_20241021_203811.jpg

    कार्यक्रमको सञ्चालन र सहजीकरण पत्रकार मनमोहन स्वारले गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images