धनराज विक (अविरल) अक्टोबर २९ (युरोप)
युरोपको माल्टामा नेपालको झल्को दिने नमस्ते नेपाल मिनि मार्केटमा यतिबेला तिहारको चहलपहल बढेको छ । नेपाली उत्पादनका सामानहरु पाईने मार्केटमा तिहारका सामानहरु किन्न आउने नेपालीहरुको बाक्लो उपस्थितिले यतिबेला माल्टामा तिहारको चहलपहल बढेको हो ।
लक्ष्मीपुजाको दिन लक्ष्मीलाई आफू बसिरहेको स्थानमा भित्र्याउनको लागि वैदेशिक रोजगारमा रहेका प्रवासी नेपालीहरु तिहारको तृव तयारीमा जुटेकाछन् । कामको व्यस्तताबाट समय निकालेर तिहारको आवश्यक सामानहरु किन्न आएका नेपालीहरु मार्केटमा एकआपसमा खुसी साँटासाँट गर्दै पसलमा आउँदा नेपालमै छौं जस्तो लाग्ने र नेपालको झल्को आउने गरेको उनीहरु बताउँछन् ।
मार्केटको प्रर्वेसद्धारमा नेपाली राष्ट्रिय झण्डा फर्रफराई रहेको देख्न सकिन्छ । जुनदृश्य देख्दा प्रवासी नेपालीको मनमा देशप्रेमको भावना जागेर आउँछ । मार्केटमा सामान किन्न आउने नेपालीहरु कोही फोटो खिच्नमा ब्यस्त देखिन्छन् त कोही टिकटक बनाएर रमाई रहेका भेटिन्छन् ।
जब सेवाग्राहीहरु मार्केट भित्र प्रवेश गर्छन सजिसजावट गरेर राखेर नेपाली उत्पादनका मौलिक सामानहरु हेर्दै रमाउँदै आफ्ना रोजाईका सामान छानी रहेका भेटिन्छन् । समाचार संकलनकै क्रममा नेपालको त्रिपुरा सुन्दरी गाउँपालिका ६ सलेनबेसी धादिङ घर भएकी शान्ता पाण्डे र उनका भाई सन्जिब पाण्डे पसलमा पुजाका सामानहरु किनि रहेको अवस्थामा भेटिएका थिए । उनीहरुको हातमा सुपारी फुलको माला र लक्ष्मी पूजाका समानहरु थिए भने आफ्ना रोजाईका अन्य सामानहरु खोजीरहेका थिए ।
माल्टाको बुजिब्बामा बस्ने दिदि र भाइले पहिलो पटक पसलमा नेपाली सामानहरु किन्न आएको बताए । नेपाली सामानहरु पाईने माल्टामा नमस्ते नेपाल मिनि मार्केट पसल छ भन्ने सुनेका थियौं । पछि टिकटकमा सर्च गरेर नम्बर पाएपछि फोन सम्पर्क गरी हाम्रुन भन्ने ठाउँमा हामीहरु आज आएका हौं । बुजिब्बाबाट अलिटाढा रहेछ गाडीहरु बदलेर भएपनि पसलमा आउँदा मन धेरै खुसी भएको छ । मनमा नेपालको झल्को आएको छ र यतिबेला नेपालमै छु जस्तो लागेको शान्ताले खुसी .हुँदै बताईन् ।
उनले भनिन्, “पसलमा नेपाली सामानहरु देख्दा खुसी लाग्यो । विदेशको ठाउँमा नेपालीले पसल संचालन गरी नेपाली सामानहरु उपलब्ध गराउनु धेरै ठूलो काम हो । यो त माल्टामा आएका नेपालीका लागि गर्वको कुरा हो र उहाँहरुको कामको म सम्मान गर्दछु ।” पसलका संचालक बाबु अर्याल र बिन्दु अर्याल मेडमको राम्रो व्यवहारको तारीफ गर्दै अबदेखि सधैं नेपाली पसलमै सामान लिन आउने उनले बताईन् । पसलमा नेपालीहरु देखेर मत दंग परे । नेपाली भाषामा कुरागर्दै सामानहरु किन्न पाउँदा एकछिन त नेपालमै छु जस्तो लागेको दिदि संगै आएका भाई सन्जिब पाण्डेले बताए ।
नुवाकोट घर भएका ज्ञान बहादुर लामा पनि पसलमा भेटिए । उनले नेपाली वाईवाई चाउचाउ सहित भान्सामा प्रयोग हुने नियमित आवश्यक सामान किनेका थिए । युरोपको माल्टामा नेपालीले चाहेकै नेपाली सामान पाउनु गर्वको विषय भएको उनले बताए । विदेशीको पसलमा जाँदा को आउँछ र जान्छ सरोकार हुँदैन । तर नमस्ते नेपाल मिनि मार्केटमा आउँदा घर आएजस्तो लाग्छ । साहु र साहुनीको व्यवहारले मन धेरै खुसी हुन्छ । हाम्रुनमा नेपाली पसल खोलेकै दिनदेखि यतैबाट नेपाली सामानहरु लिने गरेको लामा बताउँछन् ।
गुल्मी घर भएकी सिन्दु पुरीपनि घरमा चाहिने आवश्यक सामानहरु केनेर जान लागेको बेलामा भेटिएकी थिईन । पसलमा नेपाली सामानहरु भएपनि आफूलाई आवश्यक सामान चाहिएमा अर्डर गरेपछि नेपालबाट सामान ल्याएर सेवाग्राहीलाई सेवादिने काम पसलका साहु बाबु अर्याल र बिन्दु अर्याल मेडमले गर्दै आएको पुरीले बताईन् ।
उनले भनिन्,“पसलमा आउँदा नेपालको झल्को मेटिन्छ । यतिबेला तिहारको सामान किन्न आउने नेपालीकोे संख्या धेरै भएकोले पसलमा मेला लागेजस्तै रमाईलो भएको छ ।” माल्टामा बसेर आफूले सधैं नेपाली सामानकै प्रयोग गर्दै आएको भन्दै सेवा प्रदान गरेकोमा नमस्ते नेपाल मिनि मार्केटका साहु बाबु अर्यालको उनले दिल खोलेर प्रशंसा गरिन् ।
ईलामका डोर बहादुर राईले पसलमा नेपाली सामान मात्र होईन सामान संगै नेपालीपन र आत्मीयता पाईने गरेको बताए । विदेशीकोमा जाँदा कुनै महत्व नै हुँदैन यहाँत सम्मान पाईन्छ । साहु र साुहनीको सम्मानपूर्वक व्यवहारले मेरो मात्र होइन सबैको मन जितेको छ । सामान किन्नकै लागि भएपनि पसलमा आउने नेपालीहरुसंग भेट हुने र सुखदुखका कुरा गर्ने अवसर पनि पसलले दिएको राईले बताए ।
पसलमा नेपाली सामानहरु किन्न आउने नेपालीहरु खुसी भएको देख्दा आफूलाई निकै खुसी लाग्ने गरेको पसलकी संचालिका बिन्दु अर्यालले बताईन् । यतिबेला तिहारको समय भएकोले पुजाका सामान सहित तिहारका आवश्यक सामानको व्यापार सोचेभन्दा धेरै राम्रो भईरहेको उनले बताईन् । पसलमा आउने सबै नेपालीले माल्टामा नेपालको सामान उपलब्ध गराउनु भएकोमा खुसी लागेको बताउँदै धन्यवाद् दिने गरेको अर्यालले बताईन् ।
सेवाग्राहीको मायाले व्यवसाय गर्न हामीलाई थप हौसला प्रर्दान गरेको छ । दैनिक सयौं नेपाली सेवाग्राही सहित विदेशी मूलका नागरिक पनि पसलमा सेवालिन आउने गरेकाछन् । पुजाका सम्पूर्ण सामान सहित फुलका माला, नेपाली ढाँकाटोपी, राष्ट्रिय झण्डा, नेपाली खकुरी, खादा, दोसल्ला, रुदराक्षको माला र ब्याचको राम्रो किनमेल भइरहेको छ । त्यसैगरी फापरको पिठो, मुस्ताङको चामल,जुम्लाको मार्सि चामल, बासमती चामल, थकाली मुस्ताङ दाल, मकैको च्याख्ला, सातु, आलु निम्ली, पापड, नेपाली चिउरा, चाउचाउ, अकबरे खुर्सानी र टिमुरको अचार, तामाको अचार, पानीपुरी, सिन्की, सिमिको दाल, सुकुटी, नेपाली उत्पादन अचार, मयुरका प्वाख लगायतका सामानहरु उपलब्ध गराउँदै आएको अर्याल बताउँछिन् ।
माल्टाको एमसिदा सहरमा ४ वर्षअघि नमस्ते नेपाल मिनि मार्केटको व्यवसाय सुरु गरेको पसलका संचालक बाबु अर्यालले बताए । सामान्य लगानीबाट सुरुगरेको मिनि मार्केटको व्यवसाय फस्टाउदै गएपछि हाम्रुन सहरमा बस्ने नेपालीको सजिलोको लागि नमस्ते नेपाल मिनि मार्केटको शाखा विस्तार गरेको उनले बताए । मार्केटमा नेपाली ग्राहकमात्र नभएर माल्टा लगायत अन्य देशका विदेशी नागरिकहरु किनमेल गर्न आउने गरेको र नेपाली सामानहरु उनीहरुको रोजाईमा पर्ने गरेको अर्याल बताउँछन् ।
तिहारको समय भएकोले यतिबेला तिहारका सामानहरु धेरै खपत भईरहेको छ । प्रवासी नेपालीको कामको व्यस्ततालाई बुझेर हामीले होम डेलिभरीको सेवापनि दिँदै आएका छौं । होम डेलिभरीको सेवाले सेवाग्राहीलाई थप सजिलो भएको अर्यालले बताए । हाम्रो सेवाबाट सेवाग्राही खुसी भएर सेवाको प्रशंसा गर्दै धन्यवाद् दिँदा थप सेवागर्ने उर्जा मिलेको छ । सेवाग्राहीको सेवामा नमस्ते नेपाल मिनि मार्केट सधैं तप्तर रहेको उनले बताए ।
नेपालको गुल्मी घरभएका बाबु अर्यालले संचालन गरेको नमस्ते नेपाल मिनि मार्केटले नेपाली सामानको व्यवसाय गरेर नेपाललाई चिनाउँदै आएको सुदूरपश्चिम सेवा समाज माल्टाका महासचिब शिशिर जनालले बताए । देश छोडेर रोजगारीको सिलसिलामा माल्टामा आएका नेपालीहरुले आफ्नो देशको मौलिक सामानहरु विदेशमा पाउँदा निकै खुसी हुने गरेको उनले बताए । रोजगारीको शिलशिलामा ६ वर्षदेखि हाम्रुन सहरमा बस्दै आएका जनालले समाजसेवा र व्यवसायीक क्षेत्रमा स्थापित भएर सफलहुँदै आएका बाबु अर्याल सरले माल्टामा धेरै राम्रो सामाजिक कामगर्दै आएको र उहाँको सामाजिक योगदान प्रशंसा योग्य रहेको जनाल बताउँछन् ।
बाबु अर्यालका भाई भुवन अर्यालले एमसिदामा रहेको नमस्ते नेपाल मिनि मार्केट संचालन गर्दै आएका छन् । नेपाली उत्पादनका सामानहरु नेपालीको रोजाईमा पर्ने गरेको बताउँदै यतिबेला तिहारका सामानहरु किन्न नेपालीहरु धेरै आउने गरेको भुवन अर्यालले बताए । युरोपमा सजिलै नेपाली सामान पाउँदा प्रवासी नेपालीहरुले खुसी व्यक्त गर्ने गरेको उनले बताए । अर्याल दाजुभाई व्यवसायमा मात्र नभई सामाजिक कार्यमापनि सफलहुँदै गएकाछन् । दुबैजना दाजभाइले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद माल्टाको अध्यक्षको सफल कार्यकाल सम्हाली सकेकाछन् । दाजु बाबु अर्याल गैर आवासीय नेपाली संघको केन्द्रिय सदस्य समेत भइसकेकाछन् भने हाल उनी एनआरएनए माल्टाको सल्लाहकारको भूमिकामा र प्रवासी नेपाली मञ्चको अध्यक्षको जिम्मेवारीमा छन् । भाई भुवन अर्यालले एनआरएनको युरोप क्षेत्रीय सचिवमा समेत रहेर कामगरी सकेकाछन् ।
नेपाली सामानहरु माल्टामा उपलब्ध गराई नमस्ते नेपाल मिनि मार्केटका संचालक बाबु अर्यालले राम्रो काम गरेको कैलालीका तपेन्द्र परियारले बताए । भर्खरै नेपालबाट नमस्ते नेपाल मिनि मार्केटमै काम गर्ने भनेर आएकी सुस्मिता रोकाले आफूलाई विदेश आएको जस्तो नलागेको बताईन् । पसलका साहु साहुनकिो व्यवहार धरै राम्रो छ । विदेशमा नेपालीले संचालन गरेको पसलमा काम गर्न पाउँदा धेरै खुसी लागेको भन्दै पसलमा नेपालीको चहलपहल देख्दा नेपालमै छु जस्तो लाग्ने गरेको रोकाले बताईन् ।
सुदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष एवम समाजसेवी दिनेश नागरीले युरोपमा बाबु अर्याल सरले पसल संचालन गरी नेपाली सामान उपलब्ध गराउनु धेरै ठूलो सफलता भएको बताए । पसलमा केही नेपालीलाई रोजगार समेत दिन सफल भएका समाजसेवी एवम् सफल व्यवसायी बाबु अर्याल सरको सामाजिक काम र असल व्यवहारले प्रवासी नेपालीको मन जित्दै गएको नगरी बताउँछन् । तिहारका सामान किन्न आउने नेपालीको चहलपहलले माल्टामा तिहारको थप रौनक थपिएको उनले बताए ।



