Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बालकल्याण माविका पुर्व विद्यार्थी रेग्मीद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

बालकल्याण माविका पुर्व विद्यार्थी रेग्मीद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

  • समाचार
  • कार्तिक २७, २०८१ मंगलवार १८:२५ बजे
  • 802
    SHARES
  • बालकल्याण माविका पुर्व विद्यार्थी रेग्मीद्वारा विद्यालयलाई खेलकुद सामाग्री हस्तान्तरण

    रंगप्रसाद तिमिल्सैना लम्की/ कार्तिक २७

    कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १, भुरुवामा रहेको बालकल्याण माध्यमिक विद्यालयका पुर्व विद्यार्थी डेविट रेग्मीले आज मंगलबार विद्यालयलाई खेलकुद सामग्री सहयोग गर्नुभएको छ ।IMG-20241112-WA0002.jpg

    लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवा, तिल्केनी घर भई हाल त्रिसना खाद्य उद्योग प्रा. लि. तारकेश्वर, काठमाडौमा कार्यरत विद्यालयका पुर्व विद्यार्थी रेग्मीले विद्यालयलाई आवश्यक पर्ने पच्चीस हजार दुई सय पचासी रुपैया बराबरको खेलकुद सामग्री सहयोग गर्नुभएको हो ।

    विद्यालयका पुर्व शिक्षक खडक बिकको सहजीकरणमा विद्यालयका पुर्व विद्यार्थी रेग्मीले विद्यालयलाई आवश्यक पर्ने फुटबल २ थान , भलिबल २ थान, स्पोर्ट्स ड्रेस ( जर्सी) १६ थान, स्किपिङ डोरी १० थान, कृकेट ब्याट २ थान, कृकेट ग्लोब्स २ थान, भलिबल नेट २ थान, ब्याडमिन्टन २ थान, ब्याडमिन्टन कर्क १ रोल, चेस ३ थान र लुडो ३ थान सामग्री विद्यालयलाई उपलब्ध गराउनुभएको हो । 

    खेलकुद सामग्री पुर्व विद्यार्थी डेबिट रेग्मीका भाइ तपेन्द्र रेग्मीले आज विद्यालयका प्रधानाध्यापक रुपलाल जैशीलाई हस्तान्तरण गर्नुभएको हो ।

    IMG-20241112-WA0000.jpgखेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रंगप्रसाद तिमिल्सैना, शिक्षक शिवबहादुर थापा, तिलक सिजापती, रचना रावल,गिता बिष्ट शाही, जानकी अधिकारी, झरना चपाई आचार्य लगायत खेलाडी विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images