सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको हो।
शाहको नेतृत्वमा गत साउन २१ गते प्रदेश सरकार गठन भएको थियो। एक सय दिनको अवधि शासकीय दृष्टिले राजनीतिक, आर्थिक र प्रशासनिक पक्षमा उपलब्धिमूलक रहेको मुख्यमन्त्री शाहले बताउनुभयो। यस अवधिमा प्रदेश सरकारले प्रदेशभित्र वित्तीय पारदर्शीता, सुशासन प्रवद्र्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व संकलन लगायत नागरिक सरोकारका विविध पक्षहरुमा केन्द्रित रही काम गरेको उहाँको भनाइ छ।
एक सय दिनको अवधिमा प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०८१, अपाङ्गता सम्बन्धी प्रादेशिक नीति २०८१ बनाएको छ। यसैगरी, प्रदेश सभाबाट पाँच वटा ऐन निर्माण भएका छन्। प्रदेश निजामती सेवा -पहिलो संशोधन_ ऐन, २०८०, सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०८१ र सुदूरपश्चिम प्रदेश विनियोजन ऐन, २०८१, सामयिक राजस्व संकलन सम्बन्धी ऐन २०८१, प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक (पहिलो संशोधन) २०८१ प्रदेश सभाबाट पारित भएको हो।
सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता भइ विचाराधिन अवस्थामा रहेको प्रदेश सरकारले जनाएको छ। यसैगरी, प्रदेश निजामती सेवा नियमावली २०८१ को मस्यौदा तयार गरी सुझावका लागि मन्त्रालयहरुमा पठाएको जनाइएको छ।
हिउँदे अधिवेशनमा राजधानीको विषयले प्रवेश पाउने उल्लेख गर्दै मुख्यमन्त्री शाहले सबैको सहमतिमै राजधानी तोक्ने बताउनुभयो। त्यस्तै, सेती प्रादेशिक अस्पताललाई संघमा हस्तान्तरण गरी त्यसलाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गाभ्ने र शैक्षिक कार्यक्रम अगाडि बढाउने गरी प्रक्रिया थालेको जानकारी दिनुभयो।
मुख्यमन्त्री शाह नेतृत्वले गरेका सरकारका १ सय दिनका कामको उपलब्धिहरू














