Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

लम्कीचुहा नगरपालिकाका विद्यालयमा ३ दिन सार्वजनिक बिदा,बिदाकाे स्थानीयस्तरबाट सामाजिक सञ्जाल मार्फत विराेध

लम्कीचुहा नगरपालिकाका विद्यालयमा ३ दिन सार्वजनिक बिदा,बिदाकाे स्थानीयस्तरबाट सामाजिक सञ्जाल मार्फत विराेध

  • समाचार
  • मंसिर १४, २०८१ शुक्रवार ०९:३४ बजे
  • 877
    SHARES
  • लम्कीचुहा नगरपालिकाका विद्यालयमा ३ दिन सार्वजनिक बिदा,बिदाकाे स्थानीयस्तरबाट सामाजिक सञ्जाल मार्फत विराेध

    देवानन्द न्याैपाने १४ मंसिर २०८१ लम्की,

    कैलालीको लम्कीचुहा नगरपालिकाले ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विहिबार नगर भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्र लेख्दै लम्कीमा जारी लम्की महाेत्सवमा विज्ञान प्रर्दशनी र विद्यालय स्तरीय नृत्य प्रतियाेगिता हुने भएकाले ३ दिन विदा दिईएकाे नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तप्त भण्डारीद्वारा जारी गरिएको सुचनामा उल्लेख गरिएको छ ।

    महाेत्सवमा विद्यार्थीले विज्ञान प्रविधि बाट आविस्कार गरेका उपकरणको प्रदर्शनी तथा विद्यालय स्तरीय नृत्य प्रतियाेगिता हुने भएकाले ३ दिन विदा दिईएकाे जनाएको छ । नगरपालिकाकाे पत्र अनुसार यहीँ मंसिर १४ गते शुक्रबार, १५ गते शनिबार र १६ गते आईतवार गरी ३ दिन सम्म विदा रहनेछन । विद्यालय साेमबार १७ गतेदेखि सुचारु हुनेछन ।

    लम्कीचुहा उद्योग बाणिज्य संघको आयाेजनामा लम्कीमा यहीँ मंसिर ६ गतेदेखि १६ गतेसम्म लम्की महाेत्सव २०८१ सञ्चालन भईरहेकाे छ ।

    यसैबीच लम्कीचुहा नगरपालिका संस्थागत विद्यालयकाे छाता संगठन प्याब्सन लम्कीचुहाका अध्यक्ष माेहन ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमा नगरपालिकाकाे सुचना सेयर गर्दै संस्थागत सबै विद्यालय ३ दिन सम्म बन्द रहने र साेमबारबाट नियमित सञ्चालन हुने जानकारी गराउनु भएको छ । नगरपालिका भित्रका सबै सामुदायिक विद्यालय समेत बन्द रहेका छन ।

    यसैबीच सामाजिक सञ्जालमा भने नगरपालिकाकाे विद्यालय बन्द गर्ने निर्णय तत्काल सच्याउन माग गर्दै विराेध भएको छ ।

  • सम्बन्धित विषय:

  • # शिक्षा

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images