सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडका केन्द्रीय प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लम्की शाखाका अभिकर्तासँग बिमा सम्बन्धी साक्षत्कार गर्नु भएको छ । सोमबार लम्की शाखामा पुग्नु भएका पाण्डेले सबै नेपालीहरू बीमाको पहुँचमा आउन सके सम्वृद्व नेपाली बन्ने बताए ।
पाण्डेले कम्पनीका तर्फबाट सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र वा यस क्षेत्रमा उत्पादन हुने महत्त्वपूर्ण वस्तुहरूको प्रर्वद्वनका लागि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी तयार रहेको बताउनुभयो । उक्त ठाउँ वा वस्तुको विषयमा विस्तृत तयार गरेर केन्द्रीय कार्यालय पठाएको खण्डमा कम्पनी प्रर्वद्वन गर्न तयार रहेको बताएका छन् ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड सामाजिक क्षेत्रमा समेत लगानी गर्दै आइरहेको छ भने अहिले चलिरहेको नेपाल प्रिमियर लिग एनपीएलमा समेत सहयोग गरेको प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।
पाण्डेसँगै प्रमुख सञ्चालक अधिकृत ज्ञान बहादुर रायमाझी , सुदूरपश्चिम रिजनल म्यानेजर ललित बहादुर साउँद , लम्की शाखा प्रमुख कमल प्रसाद खनाल , लम्की शाखाका मार्केटिङ अफिसर तिर्थराज जैसी लगायत अभिकर्ताहरूको सहभागीता रहेको थियो ।



