Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पत्रकार धनराज (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन

पत्रकार धनराज (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन

  • समाचार
  • मंसिर १८, २०८१ मंगलवार १७:५५ बजे
  • 2.0K
    SHARES
  • पत्रकार धनराज (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन

    पत्रकार धनराज विक (अविरल) माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएका छन् । मंसिर १६ गतेदेखि जिम्मेवारी सम्हाल्ने गरेर अविरल सम्पादकमा चयन भएका हुन् । आइतबार बसेको माल्टा नेपाल अनलाइनको बैठकले सम्पादकको जिम्मेवारी उनलाई प्रदान गरेको हो । विगत लामो समयदेखि प्राविधिक कारणले संचालनमा नआएको माल्टा नेपाल अनलाइन अबदेखि निरन्तर संचालनमा आउने पत्रकार अविरलले बताए ।Messenger_creation_88D5C0CE-7E33-4A25-A55D-EC4CAED5E763.jpeg

    नेपालमा पत्रकारिता गर्दै आएका विक युरोपमा आएर पनि पत्रकारितामा सक्रिय रहेर प्रवासी नेपालीका पक्षमा निरन्तर कलम चलाउँदै आएका छन् । कामको व्यस्ततासंगै पत्रकार अविरलले माल्टामा समाचार मार्फत आप्रवासी नेपालीका भोगाइलाई उजागार गर्दै आएका छन् । पत्रकार अविरलका साथै सम्पादकीय मण्डलमा प्रधान सम्पादकमा पत्रकार प्रकाश बगाले र बजार व्यवस्थापनमा दिनेश कार्कीलार्ई पुनः चयन गरिएको छ भने मुख्य संवाददातामा शिशिर जनाल चयन भएका छन् ।Messenger_creation_7F5EB691-F641-45AF-9EC1-2F7A09A105C0.jpeg

    सदूरपश्चिम सेवा समाज माल्टाका कोषाध्यक्ष दिनेश नागरीले पत्रकार अविरलको समाचार लेखनको प्रशंसा गरेका छन् । नेपाल हुँदै युरोपमा पनि सक्रिय रुपमा पत्रिकारिता गर्दै आएका अविरलले प्रवासी नेपालीका पक्षमा समाचार लेखी युरोपमा नेपाललाई चिनाउने काम गर्दै आएको बताए । इमानदार, स्वतन्त्र र निष्पक्ष छवीले सबैको लोकप्रिय बनेका पत्रकार अविरल माल्टा नेपाल अनलाइनको सम्पादकमा चयन भएकोमा खुसी लागेको भन्दै लामो समयदेखि रोकिएको अनलाइन अबदेखि नियमित संचालनमा आउने विश्वास आफूले राखेको नागरी बताउछन् ।

    शिक्षक एवम् समावसेवी कृष्ण बिकले पत्रकार धनराज अविरलको कलमले समाजमा न्यायगर्दै आएको बताए । स्वतन्त्र पत्रकारको पहिचान कायम राख्दै सत्यतथ्य समाचार मार्फत सबैको मन जित्नु भएका अविरलले खोजमूलक समाचारमा बढी कलम चलाउने गरेको बताए । अन्याय, अत्याचार, शोषण दमन, थिचोमिचो, बेथिति, विभेद र भ्रष्टाचारका विरुद्ध डिरका साथ खरो रुपमा समाचार लेख्दै आउनु भएका पत्रकार अविरलले सामाजिक न्याय र परिवर्तनका पक्षमा पनि बढी जोड दिएर पत्रकारिता गर्ने गरेको बिकले बताए । अविरलले सामाजिक रुपमा नेपाल हुँदै युरोपमा पनि प्राप्त गरेका सम्मानले उनको कुशल व्यक्तित्व र क्षमता झल्किने गरेको उनी बताउँछन् ।

    नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक एवम् १४ वर्षदेखि परिवार सहित माल्टामा बस्दै आएका बाबू अर्यालले पत्रकार अविरल माल्टामा आएपछि प्रवासी नेपालीका भोगाई र गतिबिधीहरु प्राथमिकताका साथ निरन्तर समाचारमा समेटिएको बताए । अर्यालले अविरलको समाचार लेखनको प्रशंसा गर्दै कामको निकै व्यस्तताबाट समय निकालेर पत्रकार अविरल माल्टामा समाचार लेखनमा सक्रिय रहेको बताए ।Messenger_creation_36D9CACE-7693-4016-AC3E-94DF592FA305.jpeg

    आफूलाई सम्पादकको जिम्मेवारी प्रदान गर्ने माल्टा नेपाल अनलाइन परिवारलाई पत्रकार अविरलले धन्यवाद् दिएका छन् । पत्रकार आचारसहिंताको पालना गरेर पत्रकारिता पेशाको मर्यादा जोगाउँदै पत्रकारिता गर्ने अविरलले बताए । अनलाइनलाई आगामी दिनमा पाठक वर्गको चाहना अनुसार निरन्तर प्रकाशनमा ल्याउने जानकारी दिदै पाठकको सकारात्मक सुझाव सल्लाह र सहयोगको आफूले अपेक्षा गरेको उनले बताए ।

    लामोसमय देखि अनुमोदन राष्ट्रिय दैनिकमा कामगर्दै आएका विक अनुमोदन खबर अनलाइनका युरोप संवाददाता, कैलाली पोष्टका अतिथि सम्पादक, लम्की खबरका अतिथि सम्पादक, वैज्ञानिक मिडियाका अतिथि सम्पादक, कर्णाली पार्टी अनलाइनका युरोप संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव, पत्रकार महासंघ कैलाली सदस्य र पत्रकार महासंघ युरोपका कार्यसमिति सदस्य समेत रहेकाछन् ।

    नेपालमा लामो समयदेखि पत्रकारिता, साहित्य, मानवअधिकार, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शको क्षेत्रमा कार्यरत रहेका अविरल सबै क्षेत्रबाट सम्मानित भइ सकेका छन् । सम्मानित भएका अविरलले २०६१ सालदेखि निरन्तर पत्रकारिता गर्दै आएकाछन् ।

    परिचर्चा राष्ट्रिय दैनिक, टीकापुर राष्ट्रिय दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत उनले कामगरी सकेका छन् । २०८० साल कार्तिक २४ गते माल्टा आइपुगेका अविरलले माल्टामा पनि पत्रकारितालाई सक्रिय रुपमा निरन्तरता दिदै आएका छन् ।

  • सम्बन्धित विषय:

  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images