Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

समाजमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम छ : नगर प्रमुख शाही

समाजमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम छ : नगर प्रमुख शाही

  • समाचार
  • मंसिर २०, २०८१ बिहिवार १५:३० बजे
  • 994
    SHARES
  • समाजमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम छ :  नगर प्रमुख शाही

    सामाजिक कार्य सम्पन्न गर्नमा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्त्वपूर्ण रहेको नगर प्रमुख सुशीला शाहीले बताएकी छन् । २१ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा नगरपालिकाको भवन भल्कामा बिहीवार भएको कार्यक्रम बोल्दै प्रमुख अतिथि समेत रहेकी नगर प्रमुख शाहीले सो कुरा बताएकी हुन् ।IMG_20241205_152842.jpg

    ‘०४६ सालदेखि निरन्तर यो समाजका लागि गरेका योगदान हामीले सम्झेका छौं ।, ’ नगर प्रमुख शाहीले भनिन् ‘कोरोना महामारीदेखि गाउँ घरका हरेका सूचना स्वयंसेविकालाई थाहा छ । त्यसैले समाजमा स्वास्थ्य स्वयंसेविकाको भूमिका अहम छ ।’IMG_20241205_152829.jpg

    त्यस्तै नगर प्रमुख शाहीले स्वास्थ्य स्वंयमसेविकाले पाउने सुविधामा थप यातायात सुविधा सहित अन्य सुविधाहरू नगरपालिकाले दिएको बताइन् । कार्यक्रममबाट रेखा कुमारी भट्टराई, धिरा देवि चौधरी, कालि बगाले, धनादेवि थरुनी, निर्मला बम सेवा निवृत भएपछि उनीहरूलाई जनही एक लाख नगद रुपैयाँ समेत प्रदान गरिएको थियो ।IMG-20241205-WA0001.jpg

    कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगर उप प्रमुख जुना चौधरी, प्रमुख प्रशासकीय अधिकृत सुषमा महता के.सी. लगायत लम्कीचुहाका कर्मचारी ,स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।IMG_20241205_152811.jpg

  • सम्बन्धित विषय:

  • # लम्कीचुहा नगरपालिका

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images