समृद्धिका लागि समुदायसँग सँगै भन्ने मुल नारा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रधान कार्यालय लम्कीचुहा १ लम्की कैलालीको ३० औं वार्षिक साधारणसभाको उद्घाटन सत्र लम्की -एकाई भेला शुक्रबार सम्पन्न भएको छ ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका वडा नं १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल रहनु भएको थियो ।
कार्यक्रममा अतिथिमा लम्की इकाई संयोजक बद्री प्रसाद ढकाल , किसान बहुउद्देश्यीय सहकारी पुर्व अध्यक्ष खडानन्द सापकोटा , लेखा समिति सदस्य तर्क बहादुर थापा , पुर्व सञ्चालक समिति सदस्य लक्ष्मीप्रसाद देवकोटा , उद्योग वाणिज्य संघ लम्कीचुहाका पुर्व अध्यक्ष तेज बहादुर थापा , व्यवस्थित नगर ग्रामीण विद्युत सहकारी संस्थाका अध्यक्ष धर्मराज तिमिल्सेना , गुड्डु ओली , २९ औ इकाई भेलाका प्रतिनिधिहरू , संस्थाका सदस्यहरू , कर्मचारीहरूको सहभागीता रहेको थियो ।
किसान बहुउद्देश्यीय सहकारी संस्थाले हालसम्म २ सय जना छात्र छात्रालाई किसान कोप शिक्षाबाट १३ लाख ७० हजार ५ सय रुपैयाँ वितरण गरिएको छ । ३० औ साधारणसभामा किसान कोप शिक्षाबाट ५ जनालाई नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ । उत्कृष्ट शेयर सदस्य ४ जनालाई सम्मान गरिएको छ ।
केन्द्र नं ५४ का श्रीमान राजुदेवी धमालाका श्रीमानको मृत्यु सुविधा ५८ हजार रुपैयाँ प्रदान गरिएको छ। केन्द्र नं ३४ कि जयकला देवी ढकालको उपचार खर्च १५ हजार , केन्द्र नं १२०२ कि मिना कुमारी रावलको उपचार खर्च १० हजार प्रदान गरिएको छ ।
किसान मार्टमा उत्कृष्ट कारोबार गर्नेलाई समेत सम्मान गरिएको थियो । संस्थाको बारेमा महाप्रबन्धक डम्बर बहादुर शाहले सबै समक्ष प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन लम्की शाखाका शाखा प्रमुख कुल प्रसाद तिमिल्सेनाले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कर्मचारी योगेश भण्डारीले राख्नु वसहकारी संस्थाको एकाइ भेलाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै किसान बहुउद्देश्यीय सहकारी संस्था देशकै उत्कृष्ट संस्था भएको बताएका थिए ।



