Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

किसान बहुउद्देश्यीय सहकारीको ३० औं वार्षिक साधारणसभा पथरैया एकाई भेला सम्पन्न

किसान बहुउद्देश्यीय सहकारीको ३० औं वार्षिक साधारणसभा पथरैया एकाई भेला सम्पन्न

  • समाचार
  • मंसिर २५, २०८१ मंगलवार २०:०८ बजे
  • 1.5K
    SHARES
  • किसान बहुउद्देश्यीय सहकारीको ३० औं वार्षिक साधारणसभा पथरैया एकाई भेला सम्पन्न

    समृद्धिका लागि समुदायसँग सँगै भन्ने मुल नारा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ३० औं वार्षिक साधारणसभा पथरैया -एकाई भेला मंगलबार सम्पन्न भएको छ ।Videoshot_20241210_201422.jpgIMG_20241210_200201.jpg

    किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष तिर्थराज उपाध्याय रहनु भएको थियो । अतिथिमा किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रोजेक्ट म्यानेजर तथा कर्जा बिभाग प्रमुख दिपक ढुंगाना , स्वास्थ्य चौकी पथरैयाका इन्चार्ज मीनबहादुर बि.क. , अमरावती प्रहरी चौकीका इन्चार्ज तिर्थ बहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाका सभापति भरत थापा , पलपल अनलाइन मिडियाका सम्पादक चन्द्र प्रसाद खनाल , गंगा देवी थापा , जिल्ला प्रतिनिधि नमराज उपाध्याय , कलावती चौधरी लगायत किसान बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध साधारणसभाका प्रतिनिधिहरू , शेयर सदस्यहरूको सहभागीता रहेको थियो ।IMG_20241210_200224.jpg

    कार्यक्रमको सञ्चालन किसान बहुउद्देश्यीय सहकारी संस्था पथरैया शाखा प्रमुख सपना ओलीले गर्नु भएको थियो भने कार्यक्रममा स्वागत मन्तव्य कृषि फर्म प्रमुख बिरेन्द्र बहादुर शाह राख्नु भएको थियो । 

    यस्तै संस्थामा आबद्ध सदस्यको मृत्यु लाभ सुविधा ७ लाख ९७ हजार ३ सय २१ रुपैयाँको चेक स्वर्गीय गोमा नेपालीका श्रीमान गगने नेपालीलाई हस्तान्तरण गरिएको छ । श्रीमानको मृत्यु लाभ सुबिधा १ लाख ५८ हजार सदस्य बिस्ना बि.क.लाई प्रदान गरिएको थियो ।IMG_20241210_200245.jpg

    यस्तै MBBS तथा SEE मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी प्रबेश शाहीलाई १० हजार ,मेरिना कठरिया,दिपेन्द्र वडलाई क्रमश ५ हजार /५ हजारका दरले पुरस्कार बितरण गरिएको थियो ।

    किसान बहुउद्देश्यीय सहकारी संस्थाले हालसम्म २ सय जना छात्र छात्रालाई किसान कोप शिक्षाबाट १३ लाख ७० हजार ५ सय रुपैयाँ वितरण गरिएको छ । उत्कृष्ट शेयर सदस्य तथा व्यावसाय गरेकालाई समेत सम्मान गरिएको छ ।IMG_20241210_200136.jpg

    किसान बहुउद्देश्यीय सहकारी संस्था पथरैया शाखामा १ हजार ३८ जना आबद्ध रहेका छन् ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले किसान बहुउद्देश्यीय सहकारी संस्थाको एकाइ भेलाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै किसान बहुउद्देश्यीय सहकारी संस्था देशकै उत्कृष्ट संस्था भएको बताएका थिए ।IMG_20241210_200045.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images