Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

नवनिर्वाचित पत्रकार महासघं कैलालीको टिमलाई कैलाली उद्योग बाणिज्य सघंको सम्मान

नवनिर्वाचित पत्रकार महासघं कैलालीको टिमलाई कैलाली उद्योग बाणिज्य सघंको सम्मान

  • समाचार
  • मंसिर ३०, २०८१ आइतवार १८:३० बजे
  • 970
    SHARES
  • नवनिर्वाचित पत्रकार महासघं कैलालीको टिमलाई कैलाली उद्योग बाणिज्य सघंको सम्मान

    धनगढी नवनिर्वाचित पत्रकार महासघं कैलालीका अध्यक्ष सहित कार्यसमितिलाई कैलाली उद्योग बाणिज्य सघंले बधाई सहित सम्मान गरेको छ । आइतबार सुदुरपश्चिम महोत्सवमा निमन्त्रणा गर्दै उद्योग बाणिज्य सघं कैलालीलाई नवनिर्वाचित अध्यक्ष श्रवण देउवा सहित टिमलाई सम्मान गरेको हो ।

    कैलाली उद्योग बाणिज्य सघंका अध्यक्ष पुस्पराज कुँवर तथा महासचिव ओम बिष्ट सहितको टिमले नवनिर्वाचित महासघंको टिमलाई सम्मानपत्र सहित सम्मान गरेको हो । उद्योग बाणिज्य सघंबाट सम्मान पश्चात नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले धन्यवाद ब्यक्त गरेका छन् । लोकतन्त्र र सबिंधानको रक्षाका लागी पत्रकार महासघं सधैँ कटिबद्ध रहेको बताउँदै देउवाले यहाँको औधोगिक तथा पर्यटनको बिकासका लागी कैलाली उद्योग बाणिज्य सघं सगं सहकार्य रहने बिश्वास ब्यक्त गरे ।

    मंसिर २८ गते सम्पन्न निर्वाचनबाट पत्रकार महासघं कैलालीको अध्यक्षमा श्रवण देउवा, उपाध्यक्षमा बिराज रोश्यारा, महिला उपाध्यक्षमा भावना जोशी, सचिवमा तेजराज भट्ट, सह सचिव खुलामा शकंर बोहरा तथा समावेशी सह सचिवमा निराजन परियार र कोषाध्यक्षमा सुनिल आउजी निर्वाचित भएका थिए ।

    खुला सदस्यमा बालकृष्ण ओझा कैलाश जोशी, दिनेश बिष्ट, गगन अयडी, रतनलाल चौधरी, चन्द्र प्रसाद खनाल , , लोकु सिंह ठकुरी र विरेन्द्र शाह विजयी भएका थिए ।

    यस्तै महिला सदस्यमा अनिता चौधरी दलित सदस्यमा विवेक कुमार नागरी, आदिवासी जनजाति सदस्यमा सुधराम दहित, अन्य समावेशी सदस्यमा जगत जैगडी र सदस्य टेकसिंह धामी निर्वाचित भएका थिए ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images