समृद्धिका लागि समुदायसँग सँगै भन्ने मुल नारा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड प्रधान कार्यालय लम्कीचुहा नगरपालिका १ लम्की , कैलालीको ३० औं वार्षिक साधारणसभा निर्णय प्रमाणीकरण भेला २०८१ शुक्रबार सम्पन्न भएको छ ।
किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार शाहको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथिमा चुरे गाउँपालिकाका उपाध्यक्ष धनादेवी थापा , कमल बजार नगरपालिका पुर्व उप प्रमुख भुमिसरा ढकाल बजगाई , लम्कीचुहा उद्योग वाणिज्य संघका अध्यक्ष पदमराज चौलागाईं , किसान बहुउद्देश्यीय सहकारी संस्थाका पुर्व अध्यक्ष खडानन्द सापकोटा , लेखा सुपरिवेक्षण समितिका संयोजक नृप बहादुर कुँवर , जिल्ला प्रतिनिधि नमरान उपाध्याय , लम्की संयोजक बद्री प्रसाद ढकाल ,टीकापुर तारा बम लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि , शेयर सदस्यहरू , कर्मचारीहरू , सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो ।
संस्थाको बारेमा महाप्रबन्धक डम्बर बहादुर शाहले प्रष्ट पार्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन किसान बहुउद्देश्यीय सहकारी संस्थाका प्रोजेक्ट म्यानेजर तथा कर्जा बिभाग प्रमुख दिपक ढुंगानाले गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले किसान बहुउद्देश्यीय सहकारी संस्थाको प्रमाणीकण भेलाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै किसान बहुउद्देश्यीय सहकारी संस्था देशकै उत्कृष्ट संस्था भएको बताएका थिए ।
कार्यक्रममा लम्कीचुहा नगर प्रमुख सुशीला शाहीले देश-विदेशमा हुँदा आफूहरूले किसानको नाम गर्वका साथ लिएको बताइन्। ‘देशभरिमा रहँदा तथा विदेशमा आफ्नो ठाउँलाई चिनाउँदा किसान बहुउद्देश्यीय सहकारी संस्थाको नाम गर्वका साथ लिएको छौं,’ नगर प्रमुख शाहीले भनिन्, ‘इतिहास लामो भएको संस्था हो। केही व्यक्तिबाट सुरु भएको संस्था आज देशकै नमूना सहकारीको रूपमा रहेको छ। किसान सहकारी लम्कीचुहाको भनेर परिचय दिन पाउँदा आफूलाई गर्व महसुस हुने गरेको छ।’
किसान बहुउद्देश्यीय सहकारी संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले संस्थालाई आज यो स्थानसम्म पुर्याउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिदै पछिल्लो समयमा २९ वटा सहकारीलाई देखाएर देशभरका सहकारी खराब हुन् भन्ने प्रचारप्रति गुनासो व्यक्त गरे। ‘किसान सहकारी आज देशको नमूना सहकारीको रूपमा रहेको छ। सहकारीका हरेक सूचकमा हाम्रो बलियो उपस्थिति छ। संस्थालाई यहाँसम्म पुर्याउने सम्पूर्णलाई हार्दिक धन्यवाद छ,’ महाप्रबन्धक शाहले भने, ‘त्यस्तै पछिल्लो समयमा २९ वटा मात्र सहकारीलाई देखाएर देशभरका ३३ हजारभन्दा धेरै सहकारी खराब हुन् भन्ने जुन प्रचार गरिएको छ, यो ठिक काम भइरहेको छैन। राज्यलाई ठूलो मात्रामा कर तिर्ने र रोजगार प्रदान गरिरहेको सहकारी क्षेत्रलाई बदनाम गराउने कार्य गलत हो। यसमा मेरो गुनासो छ।’ महाप्रबन्धक शाहले उपस्थित इकाइ प्रतिनिधिहरूलाई सहकारी क्षेत्रको योगदान र कामबारे वकालत गर्न समेत अनुरोध गरे।
लेखा सुपरीवेक्षण समितिका संयोजक नृप बहादुर कुँवरले किसान बहुउद्देश्यीय सहकारी संस्था सहकारी संस्था मात्र नभएर एक ब्राण्ड भएको बताए। सुशासनमा कुनै सम्झौता नगरेका कारण किसानले आज रजिष्ट्रर, ढड्डाबाट सुरु गरेको यात्रा कनेक्ट आइपीएस सम्म पुर्याएको बताए।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव लोकराज तिमिल्सेनाले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सञ्चालक समिति सदस्य सरोजकुमार शाहले राखेका थिए।
किसान बहुउद्देश्यीय सहकारी संस्था देशका प्रमुख ५ सहकारीमध्ये एक सहकारी संस्था हो। ८६ हजार शेयर सदस्य रहेका यस संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा ७ करोड ९४ लाख ५९ हजार ७६ रुपैयाँ खुद नाफा आर्जन गर्न समेत सफल भएको छ। वित्तीय युनिट, किसान कोप एग्रो र किसान कोप मार्ट गरी तीन युनिटबाट सेवा दिँदै आएको संस्थाका ५ इलाका कार्यालय, ७ जिल्लामा २० शाखा रहेका छन्।



