Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

होमस्टे ( घरबास ) पर्यटन सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा नं ५ अमौरीमा सम्पन्न

होमस्टे ( घरबास ) पर्यटन सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा नं ५ अमौरीमा सम्पन्न

  • समाचार
  • पौष १२, २०८१ शुक्रवार १२:३२ बजे
  • 1.6K
    SHARES
  • होमस्टे ( घरबास ) पर्यटन सम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा नं ५ अमौरीमा सम्पन्न

    चन्द्र प्रसाद खनाल, लम्की पौष ११

    होमस्टे ( घरबास ) पर्यटन सम्बन्धी जनचेतनामूलक कार्यक्रम जानकी गाउँपालिका वडा नं ५ अमौरी , कैलालीमा बिहीबार सम्पन्न भएको छ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा कार्यक्रम भएको हो ।IMG_20241227_100927.jpg

    अमौरी सामुदायिक होमस्टेका अध्यक्ष तुलाराम चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि कार्यपालिका सदस्य पार्वतीदेवी डगौरा थारू , अतिथिमा जानकी गाउँपालिका वडा नं ५ का पुर्व वडा अध्यक्ष भीम बहादुर थारू , होमस्टे महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष दिनेश दहित , तारा गाउँ विकास समितिका संयोजक दिनेश भण्डारी , सहायक प्रशिक्षक मनोज कुमार बस्नेत ,राष्ट्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर चौधरी , अमौरी अमौरा खानेपानीका अध्यक्ष बिहारीलाल चौधरी , जिएफ डब्लू एमडीका जयप्रकाश चौधरी , बड्घरहरू ,समाजसेवी ,संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू , स्थानीय गरेर जनचेतनामूलक कार्यक्रममा ६३ जनाको सहभागीता रहेको थियो ।IMG_20241227_101001.jpgIMG_20241227_100940.jpg

    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले नेपालमा थुप्रै संभावना भएको , सांस्कृतिक पहिचान , प्रकृतिले दिएको जडिबुटीहरूको सही सदुपयोग गर्न सकेमा आर्थिक पाटो मजबुत हुने बताए । जुन गाउँमा होमस्टेहरू छन् उक्त गाउँ शिक्षाको समेत विकास भएको र शिक्षा क्षेत्रमा त्यहाँका व्यक्तिहरू अगाडि भएको बताएका छन् ।

    कार्यक्रममा बोल्ने वक्ताहरूले होमस्टेको माध्यमबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने र स्थानीय परिकारहरूले प्राथमिकता पाउने बताएका थिए ।

    होमस्टे सञ्चालन गर्दा लाग्ने प्रक्रिया , लागतका विषयमा प्रदेशका अध्यक्ष दिनेश दहितले स्पष्ट पारेका थिए ।

  • सम्बन्धित विषय:

  • # सुदुरपश्चिम प्रदेश
  • # होमस्टे

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images