Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बाल अधिकार सम्बन्धी बालबालिका र सरोकारवालाबीच दोहोरो छलफल कार्यक्रम सम्पन्न

बाल अधिकार सम्बन्धी बालबालिका र सरोकारवालाबीच दोहोरो छलफल कार्यक्रम सम्पन्न

  • समाचार
  • पौष १६, २०८१ मंगलवार २१:२८ बजे
  • 1.3K
    SHARES
  • बाल अधिकार सम्बन्धी बालबालिका र सरोकारवालाबीच दोहोरो छलफल कार्यक्रम सम्पन्न

    बाल अधिकारका चार क्षेत्र बाल हेल्प लाइन नं तथा संरक्षण सम्बन्धी बालबालिका र सरोकारवालाबीच दोहोरो छलफल कार्यक्रम आइतबार सम्पन्न भएको छ ।IMG-20241229-WA0026.jpg

    ज्ञान ज्योति युवा संजाल जानकी -३ को आयोजना , बालकल्याण संघको आर्थिक सहयोग र जानकी गाउँपालिकाको सहयोगमा श्री भृकुटी माध्यमिक विद्यालय जानकी गाउँपालिका -३ सुवर्णपुरमा सम्पन्न भएको हो ।IMG-20241229-WA0028.jpg

    ज्ञान ज्योति युवा संजालका अध्यक्ष राम बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष सुरेश कुमार चौधरी रहनु भएको थियो । विशिष्ट अतिथिमा कार्यपालिका सदस्य इन्द्रसोप विक , भृकुटी माध्यमिक विद्यालयका प्रधानाध्यापक वासुदेव पन्त , बालकल्याण संघ टीकापुरबाट लक्ष्मी चौधरी , लायकपुरका बड्घर कपुसिंह साउद , बालकल्याण संघ टीकापुरबाट तुलसी भाट , भृकुटी माध्यमिक विद्यालयबाट ३० जना विद्यार्थीहरू , मुक्त कमैया आधारभूत विद्यालयबाट २० जना , जनकल्याण आधारभूत विद्यालयबाट २० जना , बालमुक्ति आधारभूत विद्यालयबाट २० जना , जानकी ३ का स्वयंसेविका , बडघर , सहायक बडघर , जनप्रतिनिधिहरू , शिक्षक , विद्यार्थीहरू र सरोकारवाला निकाय गरि करिब १ सय ८० जनाको सहभागीता रहेको थियो ।IMG-20241229-WA0030.jpg

    कार्यक्रमको संचालन ज्ञान ज्योति युवा संजालका सचिव अशोक चौधरीले गर्नु भएको थियो ।IMG-20241229-WA0032.jpg

    कार्यक्रमको सहजीकरण महिला तथा बालबालिका शाखा जानकी गाउँपालिकामा कार्यरत प्रमिला शर्माले गर्नु भएको थियो । IMG-20241229-WA0035.jpg

     स्वागत मन्तव्य ज्ञान ज्योति युवा संजालका कोषाध्यक्ष सुस्मिता चौधरीले गर्नु भएको थियो । 

  • सम्बन्धित विषय:

  • # बालदिवस

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images