चन्द्र प्रसाद खनाल /लम्की पौष १९ शुक्रबार
मानवता , निष्पक्षता , तटस्थता , स्वाधीनता , स्वयंसेवा , एकता , विश्वव्यापता भन्ने मुल नाराका साथ "लागू पदार्थ दुर्व्यसनी न्युनिकरणमा बालबालिकाको भुमिका" विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखा कैलालीको आयोजना र युवा रेडक्रस सर्कल महेन्द्र शिशु माध्यमिक विद्यालय जानकी -६ धर्मापुरको आतिथ्यतामा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम शुक्रबार सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाका उपसचिव एवम् जुनियर युवा रेडक्रस समितिका संयोजक कमलप्रसाद भाटको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाका सदस्य एवम् जुनियर/ युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैना रहनु भएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै प्रमुख अतिथी तिमिल्सैनाले मानवीय सेवामा जानकी उपशाखाले पुर्याएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा अतिथिमा नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाका सभापति भरत बहादुर थापा , महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुरका प्रधानाध्यापक खगेन्द्र प्रसाद उपाध्याय , राष्ट्रिय माध्यमिक विद्यालय अमौराका प्रधानाध्यापक कलम खड्का मोती माध्यमिक विद्यालय मोतिनगरका शिक्षक एवम् सहनायक नवराज तिमिल्सैना लगायत नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाका पदाधिकारीहरू , विभिन्न विद्यालयका शिक्षक , विद्यार्थीहरूको सहभागीता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको निर्णायक मण्डलको संयोजक चक्र प्रसाद बजगाई , सदस्यहरूमा धर्मराज न्यौपाने र ओमप्रकाश मदुवा रहनु भएको थियो ।
महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुरका शिक्षक नायक कल्पना ठकुल्लाले स्वागत मन्तव्य राख्नु भएको थियो कार्यक्रमको सञ्चालन प्रकाश उपाध्यायले गर्नु भएको थियो ।
वक्तृत्वकला प्रतियोगितामा १० वटा विद्यालयका १० जना विद्यार्थीहरूको सहभागीता रहेको थियो । वक्तृत्वकला प्रतियोगितामा सरस्वती माविका आवेश रिमाल प्रथम ,बालज्योति मावि जगतपुरक छात्रा भावना भण्डारी द्वितीय र महेन्द्र शिशु माध्यमिक विद्यालय धर्मापुरका सन्तोष संज्यालले तृतीय स्थान प्राप्त गरेका छन ।
प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने विद्यार्थी नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल रेडक्रस सोसाइटी जानकी उपशाखाले वक्तृत्वकला प्रतियोगिता गरेर विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान रहने बताएका थिए ।



