प्रकाश आचार्य/ जानकी पौष १९ शुक्रबार
कैलालीकाे जानकी गाउँपालिका वडा नं ९ मा रहेकाे अरुणाेदय माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच विद्यालयमा अध्ययनरत गरिव विपन्न विद्याथीहरुलाई न्यानाे विद्यालय पाेसाक वितरण गरिएको छ ।
संस्थागत उत्तरदायित्व (CSR)अर्तरगत नविल बैंक लिमिटेड टिकापुर शाखाले उक्त न्यानाे पोशाक वितरण गरेकाे हाे ।
नविल बैंक टिकापुर शाखाका प्रबन्धक जनकराज ओझाले उक्त विद्यालय पोशाक विद्यार्थीलाई शुक्रबार वितरण गर्नु भएको थियाे ।
आर्थिक रुपले विपन्न ४४ जना बालबालिकालाई न्यानो पोशाकको ज्याकेट वितरण गरिएको हो ।
पोशाक वितरणमा बैंकका कर्मचारी ,विद्यालयका शिक्षकहरू , विद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,शिक्षक अभिभावक संघका पदाधिकारीहरूको सहभागितामा पोशाक वितरण गरिएको विद्यालयका प्रधानाध्यापक कपिलराज भाटले जानकारि दिनु भएको छ ।
पलपल अनलाइन मिडिया



