Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

पर्यटनका साझा विषयमा बाँकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्यटनका साझा विषयमा बाँकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • समाचार
  • पौष २१, २०८१ आइतवार १०:५१ बजे
  • 907
    SHARES
  • पर्यटनका साझा विषयमा बाँकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आफ्नो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि मोहन्याली जनता साझा धारणा बनाउने भएका छन्। शनिवार कैलालीको मोहन्याल गाउँपालिका–७, बाँकामा एक अन्तरक्रिया कार्यक्रम गर्दै मोहन्यालका पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि साझा धारणा बनाउने ‘एक’ सहमति भएको छ।IMG_20250105_104934.jpg

    नवल सिंह रावल फाउण्डेसनको आयोजनामा भएको ‘पर्यटनका साझा विषयमा मोहन्याल गाउँपालिकामा अवसर, सम्भावना र चुनौती’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले स्वदेशमै रोजगारीको सिर्जना गरी युवाको विदेश पलायन रोक्न, गाउँपालिकाको जीवनस्तर उकास्नका लागि पर्यटनका गन्तव्यको पहिचानसहित प्रवर्द्धन गर्नुपर्ने भनाइ राख्दै अब पर्यटकीय क्षेत्रको विकास र प्रचारका लागि साझा धारणा बताउनुपर्ने बताएका थिए।

    ‘म विगत ५ वर्षदेखि सुदूरपश्चिमका पर्यटन क्षेत्र र त्योसँग सम्बन्धित विदेशी पर्यटकले हवाई जहाजबाट सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा आउँदा लाग्ने अत्यधिक भाडाका विषयमा लडाइँ लडिरहेको छु,’ पर्यटन व्यवसायी तथा अभियन्ता तपेन्द्र रावलले भने, ‘म एक्लैबाट धेरै कुरा हुन सक्दैन। त्यसैले अब वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षले आफ्ना पर्यटकीय क्षेत्रको विषयमा एउटा सामूहिक एजेन्डा बनाएर अगाडि बढ्न आवश्यक छ।’IMG_20250105_104834.jpg

    त्यस्तै, मोहन्याल गाउँपालिका वडा नं. ७ का पूर्व वडा अध्यक्ष खरप्रसाद अधिकारीले गरेपछि हुने कुरा प्रमाणित भइसकेको भनाइ राख्दै आफू पर्यटकीय गन्तव्यको विकासमा तयार रहेको बताए। ‘बाँकाबिरको इतिहास खोज्दै नवल सिंह रावल फाउण्डेसनका अध्यक्ष तपेन्द्र रावलले बाँकाबिरको शालिक निर्माण गरी पार्कको पनि निर्माण भइरहेको देख्दा गरेपछि हुने कुरा प्रमाणित भएको छ,’ पूर्व वडा अध्यक्ष अधिकारीले भने, ‘मोहन्यालका पर्यटनका विषयमा साझा धारणा बनाऊँ, मैले कहाँ सहयोग गर्नुपर्छ म तयार छु।’

    त्यसैगरी, वडा नं. ७ का वडा अध्यक्ष नवराज कडायतले पर्यटनको मुद्दालाई गाउँपालिकाको हिउँदे अधिवेशनमा लिने बताए। ‘अबको केही दिनमा गाउँपालिकाको हिउँदे अधिवेशन हुँदै छ। म यो पर्यटनको मुद्दालाई गाउँसभामा लिएर जानेछु।’

    वक्ताहरू वडा नं. ६ का अध्यक्ष कृष्ण बहादुर शाही, नेपाली कांग्रेसका नारायण ढुङ्गाना, नेकपा (एमाले) का बम बहादुर रावल, राप्रपाका शंकर विष्टलगायतले पर्यटनप्रति बनाउने साझा धारणामा आफूहरू सकारात्मक रहेको र आफ्नो सहयोग पनि रहने बताए।

  • सम्बन्धित विषय:

  • # पर्यटन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images