Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सुहिम थापाबाट हजुरबुबाको सम्झनामा विद्यार्थीहरुलाई ३३ जोर पोशाक सहयोग

सुहिम थापाबाट हजुरबुबाको सम्झनामा विद्यार्थीहरुलाई ३३ जोर पोशाक सहयोग

  • समाचार
  • पौष २४, २०८१ बुधवार २०:१५ बजे
  • 1.7K
    SHARES
  • सुहिम थापाबाट हजुरबुबाको सम्झनामा  विद्यार्थीहरुलाई  ३३ जोर पोशाक सहयोग

    आफ्ना हजुरबुबा गगनसिंह थापा संस्थापक प्रधानाध्यापक रहनु भएको जानकी गाउपालिका वडा नं ९ खैरिफाँटा, कैलाली स्थित अरुणोदय माध्यमिक विद्यालयका ३३ जना विद्यार्थीहरुलाई हजुरबुबाको स्मृतिमा नाति सुहिम थापाले विद्यालयको न्यानो पोशाक सहयोग गर्नुभएको छ ।

    उनका जेठा हजुरबुबा श्री शेरबहादुर थापाले आज विद्यालयमा आयोजित एक बिशेष कार्यक्रममा उक्त पोशाकहरु विद्यालयको छनोट र सिफारिसमा बिपन्न परिवारका ३३ जना जेहेन्दार विद्यार्थीहरुलाई विद्यालय पोशाक हस्तान्तरण गर्नु भएको हो ।Messenger_creation_BE75B1C3-6B99-44A7-B847-FD5003D5A08B.jpeg

    कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कपिलराज भाट , शिक्षक इन्द्रबहादुर थापा, रुपा भण्डारी, विद्यालय स्थापनाकालका विद्यार्थी तथा अभिभावक झपट बि.क.लगाएत शिक्षक , विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो पोशाक सहयोगको संयोजन गर्नुहुने यस विद्यालयका पुर्ब विद्यार्थी तथा अरुणोदय मा. वि. को पुस्तकालय विस्तार तथा आधुनिकीकरण परियोजनाका संयोजक हिक्मत थापा र पोशाक सहयोग गर्नुहुने सुहिम थापाप्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images