Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

सामुदायिक वनको अध्यक्षमा कांग्रेस एमाले गठबन्धनबाट कांग्रेसका बोहरा निर्बाचित

सामुदायिक वनको अध्यक्षमा कांग्रेस एमाले गठबन्धनबाट कांग्रेसका बोहरा निर्बाचित

  • समाचार
  • पौष २८, २०८१ आइतवार ०८:३९ बजे
  • 973
    SHARES
  • सामुदायिक वनको अध्यक्षमा कांग्रेस एमाले गठबन्धनबाट कांग्रेसका बोहरा निर्बाचित

    शिवशंकर सामुदायिक वन उपभोक्ता समुह गौरीगंगा-९ मसुरिया,कैलालीको नयाँ कार्यसमिति नेतृत्वका लागि भएको निर्बाचनमा नेपाली कांग्रेस एमाले प्यानलबाट कांग्रेसका बल बहादुर बोहराको पुरै प्यानल बिजयी भएको छ।

    हिजो शनिबार सम्पन्न निर्बाचनमा अध्यक्ष पदमा बल बहादुर बोहराले नेकपा समाजबादी,माओवादी केन्द्रका उम्मेदवार सोबिन्द्र सिं धामी लाई पराजित गरेका हुन।

    जम्मा खसेको ५०८ मत मध्ये कांग्रेस-एमाले गठबन्धनका बोहराले ३०३ मत पाएर बिजयी हुँदा धामीले १८२ मत प्राप्त गरे। त्यसैगरी उपाध्यक्षमा धन बहादुर खडका-३०१,सचिबमा हरिना देबि साँउद २९६,सह-सचिबमा चक्र बहादुर ताडी २८७, कोषाध्यक्ष निरु देबि बुढामगर ३०४ मत प्राप्त गरि बिजयी भएका समाजसेवी , नेपाली कांग्रेसका युवा नेता हेमन्त जोशीले जानकारी दिएका छन् ।FB_IMG_1736651981420.jpg

    नब निर्बाचित अध्यक्ष बल बहादुर बोहराले अग्रजहरुको सुझावका आधार र कार्यसमितिको थप बलबाट वन संरक्षणका साथै अन्य सामाजिक कामहरुमा शिव सुन्दर सामुदायिक वन उपभोक्ता समुहलाई नमुना बनाउने प्रतिबद्धता जनाएका छन।

  • सम्बन्धित विषय:

  • # सामुदायिक वन

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images