Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

चौथो त्रिवेणी महोत्सव यहीं माघ १५ देखि सञ्चालन हुने

चौथो त्रिवेणी महोत्सव यहीं माघ १५ देखि सञ्चालन हुने

  • समाचार
  • माघ ३, २०८१ बिहिवार २०:३५ बजे
  • 793
    SHARES
  • चौथो त्रिवेणी महोत्सव यहीं माघ १५ देखि सञ्चालन हुने

    चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले यहीँ माघ १५ देखि २२ गतेसम्म त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ । शिक्षा,कृषि, संस्कृति तथा जलमार्गको सम्भावना : सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहाना भन्ने मूल नाराका साथ चौथो पटक उक्त महोत्सवको आयोजना गर्न लागेको आयोजक संस्थाले बिहीबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।Messenger_creation_88B6431B-D496-43DA-A311-716E6C0A45B6.jpeg

    चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालका अध्यक्ष बिरेन्द्र बहादुर रावलले महोत्सवले मोहन्याल गाउँपालिकामा पर्ने भेरी, कर्णाली र सेतीको संगम रहेको त्रिवेणी घाट, राजकाँडामा रहेको धुलिखेल, मालिका मन्दिर, कर्णालीका स्वच्छ माछा, र्याफ्टिङ तथा जलमार्गको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन मद्दत मिल्ने बताए ।Messenger_creation_879F9C8D-238B-4ACF-A083-14A84A7AEFB9.jpeg

    महोत्सव आयोजनाबाट सो क्षेत्रको शिक्षा, पर्यटन,कृषि, आर्थिक, धार्मिक, साँस्कृतिक एवम् समाजिक विकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप उजागर गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

    महोत्सवले सो क्षेत्रमा एउटा शव बहान र एम्बुलेन्स सञ्चालनका लागि सम्बन्धित निकायलाई दवाब सृर्जना गर्नुका साथै शैक्षिक संस्थामा इको क्लब निर्माण गरी वातावरण संरक्षणका गतिविधिहरु अघि बढाउने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष रावलको भनाइ छ ।

    महोत्सवमा व्यापार व्यवसाय सञ्चालनका लागि स्टल बुकिङको काम सुरु भइसकेको बताउँदै अध्यक्ष रावलले महोत्सव सञ्चालनका लागि २५ लाख रकम खर्च हुने अनुमान गरिएको बताए ।

    महोत्सवमा एकसय स्टल रहने छन् ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images