Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बर्दगोरियामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१हुने

बर्दगोरियामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१हुने

  • समाचार
  • माघ ६, २०८१ आइतवार १९:०० बजे
  • 2.1K
    SHARES
  • बर्दगोरियामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१हुने

    बौनिया , कैलाली 

    थारु जातिको नयाँ बर्षका रुपमा रहेको माघि पर्वको अवसरमा कैलालीको बर्दगोरिया गाउँपालिका–४ मुडा बजार प्रस्तावित (कोटागढि) को खेल मैदानमा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम २०८१ हुने भएको छ ।

    हिन्दुहरुको महान पर्व माघे संक्रान्ति तथा थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको माघी पर्वको अवसरमा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लगेको हो । कार्यक्रम स्थानिय गीत संगीतको रक्षा तथा कला संस्कृतिको संरक्षण गर्ने आगामी पुस्तामा संस्कार हस्तान्तरण गर्नका लागि सहयोग पुर्‍याउने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेषभुषा तथा गीत संगीत प्रस्तुत गरिने छ ।

    यस वर्ष पहिलो चोटी पालिका स्तरीय थारु समुदायमा नयाँ बर्षका रुपमा रहेको माघी पर्वको अवसर पारी  हमार भेष भुषा, हमार पहिचान, आदिवासी थारु हम्रे बचाइ अपन पहिचान भन्ने नारासहित कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्क प्रालिको आयोजनामा माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । माघि मिलन तथा बृहत साँस्कृतिक कार्यक्रम माघ १२ गते बिहान १०:३० बजे उद्घाटन गरिने जनाइएको छ । कार्यक्रमलाई  सुव्यवस्थित सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारिनेछ  ।

    कार्यक्रमको माध्यमबाट थारु समाजमा हराउदै गइरहेको परमपरागत चलनहरुको पुनः स्थापित गराउन यस्तो कार्यक्रमको आवश्यकता रहेको कैलाली इभेन्ट एण्ड मिडिया नेटवर्कले औल्याएको छ । यसरी समाजमा रहेको पौराणीक चलनले नै सभ्य समाज निर्माण हुनु र पहिचान जर्गेना गर्न सकिने बताएका छन ।

    बर्दगोरिया गाउँपालिकामा रहेको आदिवासी जनजाति /थारु रितिरिवाज अनुसार थारु साँस्कृति चलनको प्रचार प्रसार र बर्दगोरिया गाउँपालिकालाई नमुना गाउँपालिका बनाउने उदेश्यले माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक सागर चौधरीले जानकारी दिएका छन ।

    कार्यक्रममा बड्का नाच, झुम्म्रा नाच, लट्ठीहवा नाच, धमार गीत, डेउदा नाच ,सोगिंया गीत प्रस्तुत गर्ने माघ महिनाको साँस्कृतिक महत्व तथा थारु गीत तथा नृत्य सहितको ,प्रदर्शन गरिने संयोजक सागर चौधरीले बताएका छन । कुनै पनि जाती तथा समाजको पहिचान भनेको नै कला संस्कृति रहेकोले कला,संकृतिको प्रबर्द्धन गर्नु सबैको दायित्व हो ।

    सांस्कृतिक कार्यक्रममा चर्चित थारु कलाकार (मोडल सदिच्छा चौधरी ,मोडेल सुनिता दहित,डन्सर रन्जु कुश्मी, डान्सर ८८४८, डान्सर समिरा चौधरी , गायक खुशी रत्गैया,गायक अकित चौधरी गायक भरत ताम्रकारको प्रस्तुति देख्न पाइनेछ ।

    यसैगरी माघी मिलन तथा बृहत साँस्कृतिक कार्यक्रममा स्थानीय विद्यालयका विद्यार्थीहरुको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैबीच कार्यक्रमलाई सभ्य तरिकाले सम्पन्न गर्न सहयोग पुर्‍याउन सबैलाई आयोजक पक्षले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # #education

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images