Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

बर्दगोरियामा माघ १० गते देखि १३ गते सम्म खुला फुटबल प्रतियोगिता हुने

बर्दगोरियामा माघ १० गते देखि १३ गते सम्म खुला फुटबल प्रतियोगिता हुने

  • समाचार
  • माघ ७, २०८१ सोमवार १२:०४ बजे
  • 1.6K
    SHARES
  • बर्दगोरियामा माघ १० गते देखि १३ गते सम्म खुला फुटबल प्रतियोगिता हुने

    कैलालीको बर्दगोरिया गाउँपालिकामा यहि माघ १० गते देखि १३ गते सम्म खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ। बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन्।

    लागुऔषध नियन्त्रण गरौ, स्वस्थ्य भई खेल खेलौ भने मूल नाराका साथ आयोजना हुने प्रतियोगितामा २० भन्दा धेरै टिम सहभागी हुने क्लबका अध्यक्ष रावलले बताएका छन्। प्रतियोगितामा बर्दगोरिया गाउँपालिका, जोशीपुर गाउँपालिका, लम्कीचुहा नगरपालिका, घोडाघोडी नगरपालिका लगायतका पालिकाबाट टिम समावेश हुने आयाेजकले जानकारी दिएको छ ।

    प्रतियोगिता नकआउट सिस्टमद्वारा सञ्चालन हुने छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा खेल मैदान नभएकोले खेल बर्दगोरिया गाउँपालिक वडा नम्बर ४ मा रहेको कोटागढी खेल मैदानमा हुने छ।

    प्रतियोगिताको उद्घाटन बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले गर्ने बताइएको छ ।

    प्रतियोगिताको प्रथम पुरस्कार नगद १० हजार १ सय ११ रुपैयाँ र प्रमाण पत्र रहेको छ भने द्वितीय पुरस्कार ५ हजार ५ सय रुपैयाँ रहेको छ। टिम दर्ता माघ ४ गते देखि ९ गते सम्म हुने क्लबका अध्यक्ष महेश रावलले जानकारी दिएका छन्।

  • सम्बन्धित विषय:

  • # खेल
  • # फुटबल

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images