Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन सम्पन्न

वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन सम्पन्न

  • समाचार
  • माघ १०, २०८१ बिहिवार २०:२४ बजे
  • 1.4K
    SHARES
  • वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै नेपाली कांग्रेसको दोस्रो नगर सम्मेलन सम्पन्न

    चन्द्र प्रसाद खनाल ,लम्की पुस ९ 

    नेपाली काँग्रेस लम्कीचुहा नगर कार्यसमितिको दोस्रो नगर सम्मेलन बुधबार लम्कीमा सम्पन्न भएका छन । नेपाली काँग्रेस लम्कीचुहा नगर कार्य समितिका सभापति इन्द्र बहादुर कुँवरको सभापतित्वमा कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका नेता तथा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह रहनु भएको थियो ।

    कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहले यस क्षेत्रको समग्र विकासप्रति आफु प्रतिबद्ध रहेको बताउनु भयो ।

    कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य विजय स्वाँर नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य कासिराम देवकोटा, महासमिति सदस्य डाक्टर जितु उपाध्याय , नेताहरू धर्मराज न्यौपाने, शिवा थापा, बलबहादुर विष्ट, प्रेम बहादुर बिष्ट , नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति विष्णुप्रसाद ढकाल , नेपाली कांग्रेस क्षेत्र नं २ प्रदेश क का सभापति भीम प्रसाद जैसी , लम्कीचुहा नगरपालिका नगर प्रमुख सुशिला शाही , जानकी गाउँ कार्य समितिका सभापति गणेशराज रेग्मी , बर्दगोरियाका सभापति कृष्ण विष्ट, नेता देवानन्द जैशी लगायतका पुर्व महासमिति , महाधिवेशन प्रतिनिधि , जिल्ला सदस्य , क्षेत्र नं २ का नेताहरू , नगर समितिका पदाधिकारी तथा सदस्यहरू , वडाका सभापतिहरू तथा क्रियाशील सदस्यहरूको सहभागीता रहेको थियो ।IMG_20250123_202032.jpg

    कार्यक्रमको सञ्चालन नगर सचिव ललित देउवाले गर्नु भएको थियो ।IMG_20250123_202048.jpg

    दोस्रो नगर सम्मेलनमा सभापति इन्द्र कुँवरले वार्षिक आयव्यय विवरण प्रस्तुत गर्नुका साथै नगर कार्य समितिका तर्फबाट समसामयिक विषयवस्तु राख्नुका साथै लम्कीचुहाको विकासका लागि जनमुखी काम , संगठनात्मक विवरण , सुधार गर्नुपर्ने पक्षहरू प्रस्तुत गर्नु भएको थियो । पहिलो नगर सम्मेलनदेखि हालसम्मको खर्च विवरण ६९ हजार ५ सय ५० रुपैयाँ बराबरको आयव्यय नगर सभापति कुँवरले सहभागीहरू माझ प्रस्तुत गर्नु भएको थियो ।IMG_20250123_202048.jpg

    आर्थिक आयव्यय सहितको प्रतिवेदन प्रस्तुत गरेकोमा नगर कार्य समितिलाई वक्ताहरूले धन्यवाद दिनुका साथै उक्त कार्यको प्रशंसा गरेका थिए ।IMG_20250123_202239.jpg

    साथै नेपाली कांग्रेस लम्कीचुहा नगर कार्य समितिले २०८१ माघदेखि २०८२ पुस मसान्तसम्मको वार्षिक क्यालेन्डर समेत तयार गरिएको नगर कार्य समितिका सचिव ललित बहादुर देउवाले जानकारी दिनु भएको छ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images