सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रधानमन्त्री केपी शर्मा ओली , परराष्ट्रमन्त्री डाक्टर आरजु राणा देउवा , स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेल, उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतलाई भेटेर विभिन्न मागहरु राख्नु भएको हो ।
प्रधानमन्त्री देखि मन्त्रीहरुलाई भेटेर प्रदेशका विभिन्न मागहरु राख्नु भएको हो । मुख्यमन्त्री कमल बहादुर शाह सँगै पुर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल , भौतिक पुर्वाधार बिकासमन्त्री सुरेन्द्र बहादुर पाल लगायतको टोलीको सहभागीता रहेको थियो ।
प्रदेश राजधानी , गेटा अस्पताल , चिसापानी देखि गड्डाचौकी सम्मको ६ लेनको राजमार्ग , अत्तरिया देखि डडेल्धुरा सम्मको २ लेनको भिमदत्तलोकमार्ग , सेती राजमार्ग , महाकाली कोरिडोर , कर्णाली कोरिडोर , बलदेव शाह(बाकाबिर) र लोकराज ढकाललाई सहिद घोषणा गर्ने , उद्योग तथा बाटो (राजमार्ग तथा लोकमार्ग) मा पर्ने रुख कटान गर्ने सम्बन्धमा मुख्यमन्त्री शाहले प्रधानमन्त्री देखि मन्त्रीहरू समक्ष राख्नु भएको थियो । ।
३ दिन पहिले मोहन्याल भ्रमणका क्रममा मुख्यमन्त्री शाहलाई सेती लोकमार्गको काम रोकिएको विषयमा जानकारी पाएपछि उक्त माग समेत मुख्यमन्त्री शाहले सम्बन्धित निकायमा जानकारी गराउनु भएको छ । साथै चिसापानी कुइने सडक खण्डमा रुख कटान आदेश नहुँदा काम रोकिएको विषयमा समेत मुख्यमन्त्री शाहले प्रधानमन्त्री देखि मन्त्रीलाई जानकारी गराएर तत्काल समस्या समाधान गर्नका लागि आग्रह गर्नु भएको छ । मुख्यमन्त्री शाह विकास निर्माणदेखि प्रदेशमा सुशासन , ऐन , कानुन बनाउन निरन्तर लागिरहनु भएको छ ।



