नेपाल उद्योग तथा व्यावसायी महासंघ कैलालीको अध्यक्षमा डिल्ली प्रसाद गडतोला निर्विरोध निर्वाचित भएका छन। बिहिवार धनगढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले अध्यक्षमा डिल्ली प्रसाद गड्तोलाको नेतृत्वमा नयाँ कमिटी निर्विरोध चयन गरिएको छ।
जसको उपाध्यक्षमा शिवराज जैशी र टेक नारायण पौडेल,सचिवमा छेदालाल चौधरी,कोषाध्यक्षमा डम्मा खडका,सह-कोषाध्यक्ष कमला भट्टराई,उप-सचिवमा रेखा बास्तोला,ज्ञान बहादुर डगौरा र सुर्य खत्री रहेका छन। यसैगरी सदस्यहरुमा जनक भट्टराई ,पारस सापकोटा ,ललित चौधरी ,प्रमिला भणडारी,बिकास ढकाल ,अनिल रावत,गिता अधिकारी,प्रतीक सोव,टेकराज भट्ट ,अर्जुन जैगडी,भरत राज ओझा ,सुर्य गौतम ,सुमन थापा ,पुष्प राज ढुंगाना ,बल्देव महतारा ,दण्ड अर्याल निर्बिरोध निर्वाचित भएका छन् ।
नेपाल उद्योग तथा व्यावसायी संघका जिल्ला अध्यक्ष टेकबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग ब्यापार ब्यबसायी महासंघका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज सुर्य बहादुर थापा रहनु भएको थियो ।
प्रमुख बक्ता नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुंगाना ,संघका प्रदेश कमिटी अध्यक्ष वीर बहादुर साउदले शुभकामना मन्तव्य राख्नु भएको थियो ।



