Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

मगर समाज माल्टाद्धारा पत्रकार धनराज (अविरल) सम्मानित

मगर समाज माल्टाद्धारा पत्रकार धनराज (अविरल) सम्मानित

  • समाचार
  • चैत्र १, २०८१ शनिवार ०६:५८ बजे
  • 2.4K
    SHARES
  • मगर समाज माल्टाद्धारा पत्रकार धनराज (अविरल) सम्मानित

    पत्रकार धनराज विक (अविरल) युरोपको माल्टामा सम्मानित भएकाछन् । पत्रकारितामा सक्रिय रहेर प्रवासमा कलम चलाएको भन्दै ४३ औं मगर एकता दिवसका दिन मगर समाज माल्टा द्धारा अविरल सम्मानित भएका हुन् ।Messenger_creation_32955C2C-3D6F-4EF9-918C-7A5596E3FB4B.jpeg

    पत्रकार अविरलले युरोपको माल्टामा निरन्तर प्रवासी नेपालीका विषयलाई समेट्दै कलम अलाउँदै आएका छन् । समाचार मार्फत युरोपमा नेपाल चिनाउन र माल्टामा नेपाली संस्कृति र गतिविधिका बारेमा जानकारी गराउने भूमिका खेल्नु भएकोले प्रवासमा पत्रकारितामा गरेको योगदानको मूल्यांकन गरेर पत्रकार अविरललाई सम्मान गरिएको मगर समाज माल्टाले जनाएको छ । मगर दिवसका दिन आयोजना गरिएको भेटघाट तथा शुभकामना आदान–प्रदान संगै विविध साँस्कृतिक कार्यक्रममा मगर समाज माल्टाका अध्यक्ष सन्तु थापा मगरले सम्मान पत्रले सम्मान गरेका थिए ।Messenger_creation_1DCEE267-DCC8-4FB6-A454-46F6BD087207.jpeg

    माल्टा नेपाल अनलाइनका सम्पादक, अनुमोदन राष्ट्रिय दैनिकका युरोप संवाददाता, कर्णाली भ्यूज डटकमका युरोप प्रतिनिधि, कैलाली पोष्ट राष्ट्रिय दैनिकका अतिथि सम्पादक, लम्की खबरका अतिथि सम्पादक, वैज्ञानिक मिडियाका अतिथि सम्पादक, कर्णाली पार्टीका युरोप संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिव समेत रहेका अविरल प्रवासी नेपालीका विषयमा निरन्तर कलम चलाउदै आएकाछन् ।

    सम्मानित भएका अविरलले २०६१ सालदेखि पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा राष्ट्रिय दैनिक, टीकापुर राष्ट्रिय दैनिक हुँदै सामुदायिक रेडियो टीकापुर एफएममा समेत पत्रकार विकले कामगरी सकेका छन् ।

    पत्रकारितासँगै मानव अधिकार, साहित्य, मानसिक स्वास्थ्य र मनोसामाजिक परामर्शकर्ताको क्षेत्रमा उनले काम गरी सकेका छन् ।

    २०८० साल कार्तिक २४ गते ११ नोभेम्बर २०२३ मा माल्टा आइपुगेका अविरलले युरोपको माल्टामा पनि पत्रकारितालाई निरन्तरता दिदै आएकाछन् ।

  • सम्बन्धित विषय:

  • # माल्टा
  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images