Logo

मंगलवार, कार्तिक ११ गते २०८३

images
images
images

रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्व अध्यक्ष अर्याल

रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्व अध्यक्ष अर्याल

  • समाचार
  • चैत्र ३, २०८१ सोमवार १८:५८ बजे
  • 2.6K
    SHARES
  • रोजगारीको सिर्जना गरी युवालाई विदेश पलायन हुनबाट रोक्नुपर्छ : पूर्व अध्यक्ष अर्याल

    धनराज विक (अविरल) / युरोप माल्टा

    देशमै रोजगारीको सिर्जना गरी राज्यले युवालाई विदेश पलायन हुनबाट रोक्नु पर्ने पूर्व वडा अध्यक्ष शिवलाल अर्यालले बताएका छन् । युरोप भ्रमणमा आएका वडा अध्यक्ष अर्यालले पत्रकार धनराज अविरलसँग कुरा गर्दै सिर्जनशील युवालाई विदेश पलायन हुनबाट रोक्न राज्यले रोजगारीको सिर्जना गर्नुपर्ने बताएका हुन् ।Messenger_creation_9924B8C9-EB68-46D6-BB52-B13982097751.jpeg

    युवाहरुले आफ्नै देशमा भविस्य नदेखेर विदेशिनु दुःखद पक्ष हो । सिर्जनशील युवाहरुलाई देशमै भविष्य छ भनेर देखाउन नसक्नु राज्यको कमजोरी भएको अर्याल बताउँछन् । समयमै सचेत भएर नेताहरुले युवालाई देशमै सम्भावना छ भनेर आशा जगाउने गरी काम गर्नुपर्ने उनी बताउछन् ।Messenger_creation_CADE67F5-8B5B-4C83-B12E-F9A83DE26091.jpeg

    युवाहरुको राजनीतिक दल र नेताहरुप्रर्ति विश्वास टुटेको छ । देशमा केही सम्भावना छैन् भनेर बाध्यताले विदेश जान लागेका युवाहरुलाई देशमै रोक्न नेताहरुले युवाहरुको मन जित्ने गरी काम गर्नुपर्ने भन्दै यसरी युवा विदेशिनुले देशको मुहार नफेरिने उनी बताउँछन् । विदेशबाट दैनिक रुपमा बाकसमा प्याक भएर आउने नेपालीका शवले आफूलाई धेरै दुःख लाग्ने गरेको बताउदै राज्यले अब रेमिटेन्सको भर पर्न छोड्नु पर्ने बताए । युवाहरुलाई देशमै सुन्दर भविस्य देखाउर्दै अर्थतन्त्रका स्रोतहरु खोज्नु पर्नेमा अर्यालले जोड दिए ।Messenger_creation_94CDA807-E7B1-4891-8A91-2EB4CC0DBA67.jpeg

    गुल्मी आँपचौर ७ धुमी घरभइ हाल रुपेन्देही जिल्ला सैनामैना नगरपालिका १ रानीबगिया बस्ने अर्याल युरोपको माल्टामा भ्रमणमा आएका छन् । युरोप भ्रमणमै रहेका बेला अर्यालले सयौं युवाहरुलाई देखेपछि आफू भावुक भएको र युवा विदेश पलायन हुनबाट रोक्न राज्य अग्रसर हुनुपर्ने बताए ।

    राजनीतिक दलहरु देश र जनताप्रति इमानदार नभएकै कारण आज देश समस्यामा परेको छ । युवाहरुलाई देशमै रोजगार सिर्जना गर्न राजनीतिक दलहरु सच्चिएर भ्रष्टाचार मुक्त देश बनाउनुको अर्को विकल्प नरहेको अर्यालले बताए । भ्रष्टाचार गरेको रकमले कलकारखाना, उद्योगहरु संचालन गरी विदेश पलायन हुने युवाहरुलाई देशमै रोजगारी दिएको भए देश छोडेर कोहीपनि युवाहरु विदेश नजाने उनको बुझाइ रहेको छ ।

    म आफैपनि राजनितिज्ञ हुँ । २०४९ सालमा नेकपा एमालेबाट तत्कालीन समयमा वडा अध्यक्षमा निर्वाचित भएको थिए । उनले भने, “तत्कालीन समयमा ११ वर्षसम्म अध्यक्षको जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे । तर पछिल्लो समयमा देशमा शासन व्यवस्था बदलिए पनि जनताको अवस्था बदलिएन ।” जनताको अवस्था बदल्ने गरेर काम गर्न आवश्यक छ ।

    यमलाल अर्याल गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका भूतपुर्व अध्यक्ष नमस्ते नेपाल मिनीमार्केट माल्टाका संचालक, एवम् एनआरएनएका केन्द्रिय सदस्य समेत भइ सकेका बाबु अर्याल र एनआरएनए माल्टाका निवर्तमान अध्यक्ष एवम् युरोप क्षेत्रीय सचिव भुवन अर्यालका बुवा हुन् ।

    श्रीमती सहित युरोप भ्रमणमा माल्टा आएका उनले विदेशमा नेपाली युवालाई देख्दा आफू धेरै नै भावुक बनेको र मनमा विभिन्न खालका प्रश्नहरु उब्जिएको अर्यालले बताए ।

  • सम्बन्धित विषय:

  • # युरोप

  • कर्णाली भ्यूज

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Karnali Views Site By: SobizTrend

    Advertisment


    SKIP THIS
    images